Incident Reports

भरतपुर महानगरले नदी दोहन गरेको भन्दै स्थानीयद्वारा टिपर तोडफोड

2021-05-26

Bagmati, Chitawan, Bharatpur, Ward 16

चितवन : भरतपुर महानगरपालिकाले राजस्व उठाउने नाममा नारायणी नदीको दोहन गरेको भन्दै भरतपुर–१६ का स्थानीयहरूले नदीजन्य पदार्थ ओसार्न प्रयोग भएका १५ वटा टिपरमाथि तोडफोड गरेका छन्।भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वरअन्तर्गत पर्ने नारायणी नदीमा वैशाख १ गतेदेखि नै नदी उत्खनन् सुरु भएको थियो। स्थानीयहरूले टिपरका सिसामा ढुंगा प्रहार गर्नुका साथै टायर बालेर महानगरको विरोध गरेका हुन्। राजस्व उठाउन नदीको जथाभावि दोहन गर्ने तर विकास निर्माणमा चासो नदिएको स्थानीयहरूको गुनासो छ।

कोरोनाका महामारीमा समेत दैनिक ४/५ सयको भीड लाग्ने गरी नदीको दोहन गरिएकोले महानगरको विरोध गरिएको स्थानीय अर्जुन गुरुङले बताए। ‘पटक–पटक नदी उत्खनन् गरेर बेच्ने तर स्थानीय विकास निर्माणमा भने महानगरले चासो नदिएकाले आजको अवस्था सिर्जना भएको हो’, उनले भने।नदीजन्य पदार्थको दोहन बन्द गर्न र स्थानीय विकास निर्माणमा लाग्न महानगरलाई आग्रह गर्दा पनि सुनुवाइ नभएपछि तोडफोडमा उत्रिन परेको उनको भनाइ छ। ​

ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले पनि नदीको दोहन रोक्न स्थानीयहरूले पटक–पटक आग्रह गर्दा पनि नरोकिएकाले स्थानीयले आक्रोश पोखेको बताए। ‘वनले रोक्ने प्रयास गर्दागर्दै पनि उत्खनन् रोकिएन। नदीको दोहन र टिपरको आतंक सहन नसकेपछि स्थानीय विरोधमा उत्रिएका हुन्’, उनले भने।

यस ठाउँमा स्थानीयहरूले सुरुदेखि नै अवरोध गरेको कुरा महानगरलाई जानकारी गराउँदा पनि बेवास्ता गरिएको नदीजन्य पदार्थ ओसार्दै आएको भीष्म एन्ड ब्रदर्श कन्सट्रक्सनका सह–प्रबन्धक विकल क्षत्रीले बताए। ‘काम गर्न सक्दैनौँ भनेर हामीले पटक–पटक महानगरमा निवेदन दियौँ तर सुनुवाइ भएन’, उनले भने, ‘महानगरलाई हामीले कर तिरिसकेकाले लगानी उठाउनकै लागि भएपनि बाध्यतावश उत्खनन गरेका हौँ।’

टिपरमाथि तोडफोड भएपछि तत्कालका लागि नदीजन्य पदार्थ ओसारपसारमा रोक लगाइएको भरतपुर–१६ का वडाध्यक्ष अमृतराज हमालले बताए। ‘टिपरको सिसा फुटाउनेलाई क्षतिपूर्ति भर्न लगाउने र बाँकी काम महानगरसँग बसेर टुंग्याउने सहमति भएको छ’, उनले भने।

नदीजन्य पदार्थ उत्खनन अनुगमनको जिम्मा वडालाई दिन महानगरलाई आग्रह गरिएको भए पनि त्यसो नहुँदा तोडफोडको स्थिति सिर्जना भएको उनले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Secondary Form Other forms of non-violent protest
Weapons Unclear
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Totally damaged Vehicles 15
National/Online Media

0 Comments