Incident Reports

कानेपोखरीमा ‘ग्रामथान’ भत्काउन लागेको भन्दै विरोध

2021-05-27

Province 1, Morang, Kanepokhari, Ward 7

मङ्गलबार, ११ जेठ, २०७८

विराटनगर / कानेपोखरी गाउँपालिकामा रहेको धिमाल जातीको धार्मिक स्थल ‘ग्रामथान’ भत्काउन खोजेको भन्दै धिमाल जातीय विकास केन्द्रले विरोध जनाएको छ ।मोरङको कानेपोखरी गाउँपालिका – ७ मा कानेपाेखरीसँगै रहेकाे धिमाल सामुदायको पूजा स्थल ‘ग्रामथान’ गाउँपालिका र वडा कार्यालयले भत्काउन लागेको भन्दै धिमाल जातिय विकास केन्द्रले विरोध जनाएको हो ।

गाउँपालिका र ७ नं. वडा कार्यालयले धिमाल सामुदायको ग्रामथान भत्काएर व्यवसायिक प्रयोजनको लागि संरचना बनाउन लागेको भन्दै धिमाल जातीय विकास केन्द्रको विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो ।

‘धिमाल जातिको जीवन पद्धति वन जङ्गल, खोला नाला लगायतको प्रकृतिसँग जोडिठएको हुन्छ । सामुदायको इतिहास, संस्कृति सङ्रक्षण गर्न राज्यको दायित्व हो,’धिमाल जातीय विकास केन्द्र कानेपोखरीको अध्यक्ष प्रकाश धिमालले हस्ताक्षर गरेको प्रेस विज्ञाप्तीमा भनिएको छ,‘ कानेपोखरी गाउँपालिकाले धिमाल सामुदायहरुको पूजा गर्ने ग्रामथान भत्काएर व्यवसायिक संरचना बनाउन खोजिएको प्रति ध्यानकर्षण भएको छ । धिमाल सामुदायसँग बिना छलफल, बिना अुनुमित एतिेहासिक स्थलको अतिक्रमण गर्नु अन्तराष्ट्रिय श्रम संगठन महासन्धी १६९ विपरीत कार्य पनि हो ।’

0 Comments