2021-05-27
१३ जेठ, काठमाडौं । बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले अनलाइनखबरलाई बताए ।
‘बिहीबार राति करिब ८ बजेको थियो होला । सिप्याप भेन्टिलेटरमा दाङका ५४ वर्षीय संक्रमित उपचाररत थिए । उनको अवस्था गम्भीर थियो । स्वास्थ्यमा सुधार आउन सकिरहेको थिएन’ डा. थापाले भने, ‘चिकित्सकहरुले उनलाई बचाउन हरसम्भव प्रयास गरिरहेका थिए । अन्ततः उनको मृत्यु हुन गयो ।’
उनको मृत्यु पछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दै चिकित्सकहरुमाथि आक्रमण गर्न थालेपछि ४ जना चिकित्सक भने झ्यालबाट तल्लो तलामा हाम्फालेर ज्यान बचाएको उनले बताए । आक्रमणबाट बच्न भागेर ट्वाइलेटसम्म पुगेका केही चिकित्सक तथा नर्सलाई भने उनीहरुले लखेटीलखेटी आक्रमण गरेको थापाको भनाइ छ ।
उपचारमा संलग्न डाक्टर, नर्ससहित ६ जना स्वास्थ्यकर्मीमाथि उनीहरुले आक्रमण गरेको डा. थापाको भनाइ छ । उनीहरुले पीपीई लगाएका नर्सहरुको घाँटी अठ्याउने, लात हान्ने लगायतका अमानवीय व्यवहार प्रदर्शन गरेको थापाले बताए ।
चिकित्सकमाथि आक्रमण भएसँगै अहिले अस्पतालकाे वातावरण त्रसित रहेको उनले बताए ।
‘आईसीयूमा अहिले पनि १५ जना संक्रमितहरु उपचाररत छन् । सबैको अवस्था क्रिटिकल छ’ उनले भने, ‘चिकित्सकहरु यस्तो त्रसित अवस्थामा कसरी बिरामीको सेवामा खट्न सक्छन् । रातिको १२ बज्दा समेत चिकित्सकहरु बिरामीको उपचारमा जान सक्ने सहज वातावरण छैन ।’
चिकित्सकमाथि चारजनाको समूहले आक्रमण गरेको भए पनि दुईजनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।
थापाका अनुसार ज्यानको बाजी लगाएर, पानी समेत नखाई बिरामीको सेवामा निरन्तर खटिंदा समेत आफूहरुमाथि भौतिक आक्रमण भएको भन्दै चिकित्सकहरुले सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म काममा नखटिने बताएका छन् ।
सुरक्षाको प्रत्याभूति हुनुपर्ने, आक्रमण गर्ने समूहमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग चिकित्सकहरुको छ ।चिकित्सकमाथि आक्रमण भएपछि अहिले अस्पताल प्रशासन, नेपाल मेडिकल एसोसिएसन लगायतको सहभागितामा आकस्मिक बैठक बसिरहेको उनले बताए ।
...........
संक्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण, पाँचजना घाइते
घटनामा चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते भएका छन् ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | Unclear |
Primary Cause | Extra-judicial response related to perceived healthcare malpractice/after death of patient |
Secondary Cause | Prejudice and Discrimination |
Actor 1 - Number of people | 6 |
Actor 1 - Affiliations | Mob (only Perpetrator) |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | 5 |
Actor 2 - Affiliation (Target) | Health sector/health workers, doctors |
Actor 2 - Youth | na |
Total Injured | 5 |
Female Injured | 4 |
Youth Injured | n/a |
Total damaged Buildings | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD