Incident Reports

सर्दु खोला क्षेत्रमा उत्खनन गरेकामा स्थानीयवासी विरोधमा

2021-05-26

Province 1, Sunsari, Dharan, Ward 17

१४ जेष्ठ २०७८

चुरे क्षेत्रमा पर्ने धरानको सर्दु खोला क्षेत्रमा उत्खनन गरेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन्। धरान–१७ स्थित डाँडाघोपा नमुना मार्ग टोल विकास संस्थाको अगुवाइमा बुधबार बिहान स्थानीयले उत्खननमा रोक लगाएका छन्।उनीहरूले जथाभावी उत्खनन गर्दा गत वर्ष पनि खानेपानीको पाइपलाइनमा क्षति पुगेको भन्दै विरोध गरे। विगतमा स्थानीयले ढुंगा, मिक्सगिट्टी उठाउँदा चुरे क्षेत्र भन्दै रोक्ने उपमहानगरपालिकाले नै अहिले ठेक्का दिएर दोहन गरेको भन्दै स्थानीय रुष्ट छन्।

टोल विकास संस्थाका अध्यक्ष लिलाबहादुर बुढाथोकीका अनुसार चार दिनदेखि उत्खनन भइरहेको छ। ‘पहिला चुरे क्षेत्र भनेर स्थानीयले ढुंगा टिप्दा पनि रोक्थ्यौं, नगरपालिकाले नै पनि दिँदैनथ्यो,’ अध्यक्ष बुढाथोकीले भने, ‘खोला कहाँ कहाँ उत्खनन गर्ने हो वनलाई पनि सम्झौता पत्र दिइएको रहेनछ। पोहोर साल पनि यसैगरी डोजर लगाउँदा खानेपानी पाइपमा क्षति पुग्यो, अहिलेसम्म मर्मत गर्न सकेको छैन। त्यसैले विरोध गरेका हौं।’

डाँडाघोपा नमुना सामुदायिक वनका अध्यक्ष सिवनकुमार राईले पनि वन कार्यालयसँग समन्वय नगरी ठेक्का लगाएको भन्दै असन्तुष्टि जनाए। जथाभावी उत्खनन हुँदा कटान भएर वन र बस्तीलाई पनि क्षति पुग्ने अध्यक्ष राईले बताए। ‘वनसँग समन्वय भएको होला भन्ने लाग्यो, तर बुझ्दै जाँदा गरिएको रहेनछ, उत्खनन हुँदा धेरै क्षति हुन्छ, त्यसैले रोकेका हाैं,’ उनले भने।

धरान उपमहानगरपालिकाले धरानको सर्दु, सेउती र सेहरा खोलामा नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का लगाएको छ। जेठ मसान्तसम्म तोकिएको परिणाम बमोजिम उत्खननको लागि चार करोड ९१ लाख रूपैयाँको ठेक्का लागेको छ। सेउती र सर्दु खोलाको ठेक्का पाथीभारा निर्माण सेवाले र सेहरा खोलाको ठेक्का विनिता कन्सट्रक्सनले पाएको छ। पाथीभाराका प्रोप्राइटर अर्जुन भण्डारीले आफूले प्रतिस्पर्धाबाट नै ठेक्का पाएर कबोल अनुसार राजस्व बुझाएपछि उत्खनन सुरु गरेको बताए। ‘नगरपालिकाले ठेक्का गरेको थियो, मैले प्रतिस्पर्धाबाट नै पाएको हो। चुरे हो कि होइन, म जान्दिन। सम्झौता अनुसार उत्खनन गरेको हो,’ उनले भने।

बुधबार पनि सेउती खोलामा जथाभावी उत्खनन भएको र वस्ती संरक्षणलगायत विभिन्न सात बुँदामा भएको निर्णय कार्यान्वयन नगरिएको भन्दै वडा नं ५ का वडा अध्यक्ष सन्तोष लिम्बुको नेतृत्वमा उत्खनन रोकिएको थियो। अहिले भने प्रहरी परिचालन गरेर वन क्षेत्रमा पर्ने खोलामा उत्खनन भइरहेको छ। डिभिजन वन कार्यालय सुनसरीले वन क्षेत्रमा पर्ने खोला ठेक्का नलगाउन र उत्खनन पनि रोक्न आग्रह गर्दै उपमहानगरपालिकालाई पत्राचार गरे पनि जबर्जस्ती भइरहेको जनाएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments