Incident Reports

गैरजमानती हिरासत माग गर्दै भेरीका स्वास्थ्यकर्मीको मौन प्रदर्शन

2021-05-29

Lumbini, Banke, Nepalgunj

बाँके : स्वास्थ्यकर्मी सुरक्षाको माग गर्दै भेरी अस्पताल नेपालगन्जमा मौन प्रदर्शन गरिएको छ।भेरी अस्पताल नेपालगन्जमा बाँकेका सम्पूर्ण चिकित्सकलगायत स्वास्थ्यकर्मीले चिकित्सकमाथि बारम्बार आक्रमणका घटना भइरहेको र यस्ता आपराधिक क्रियाकलाप गर्नेमाथि कडा सजायका लागि अध्यादेशमार्फत कानुन माग गर्दै प्रदर्शन गरिएको हो।

सरकारद्वारा हालै जारी गरिएको ऐनमा ‘जेल विद आउथ विल’ अर्थात् गैरजमानती हिरासतको नियम छ। सोही व्यवस्था कार्यान्वयन गराउन अध्यादेशमार्फत कानुन ल्याउन दबाब दिन एक साताका मौन प्रदर्शन गरिएको हो। उक्त व्यवस्थालाई कार्यान्वयन गराउन कानुन अध्यादेशमार्फत कानुन बनाएर कार्यान्वयन गराए सबैलाई न्याय हुने भन्दै यस्तो दबाब दिन प्रदर्शन गरिएको हो।

नेपाल नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसीका अनुसार चिकित्सिक सुरक्षाका लागि कडा कानुन ल्याउन माग गर्दै गरिएको मौन प्रदर्शन सात दिन सम्म गरिनेछ। प्रत्येक दिन एक घण्टा बेलुका ५–६ बजेसम्म कालोपट्टी बाँधेर चिकित्सक सुरक्षाको माग गर्दै सरकारलाई दबाब दिइने अध्यक्ष केसीले बताइन्।

'जेठ १३ बिहीबार राति भेरी अस्पतालमा चिकित्सक र स्टाफ नर्स लगायतमाथि भएको सांघातिक आक्रमणले स्वास्थ्य क्षेत्रमा सुरक्षा चुनौती थपिदिएको भन्दै यस्ता घटना नदोहिरन पनि ‘जेल विद आउथ विल’ आवश्यक छ’, संघकी अध्यक्ष केसीले भनिन्, ‘सात दिनसम्म हाम्रा माग सम्बोधन भएन भने कोभिडका बेला पनि अप्रिय निर्णय लिन बाध्य हुनेछौं।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments