Incident Reports

कमलामा तटबन्ध बनाएकाले पाएनन् पैसा, सुरू गरे धर्ना

2021-06-01

कमला नदीमा बाढी नियन्त्रणका लागि तटवन्ध निर्माण गर्ने काम गरेका उपभोक्ता समितिले पैसा पाएका छैनन्।काम गरेवापत पैसा नपाएको भन्दै १७ वटा उपभोक्ता समिति र कामदार आन्दोलनमा उत्रिएका छन्।

कमला नदी नियन्त्रण आयोजना कार्यालयले धनुषा, सिरहा र सिन्धुलीका विभिन्न १७ उपभोक्ता समितिले तटबन्ध निर्माणलगायत काम गरे पनि भुक्तानी नपाएका हुन्।पैसा भुक्तानीको माग गर्दै उपभोक्ता समितिका अध्यक्षहरूले मंगलबार कार्यालय अगाडि धर्ना दिएका थिए।पैसा नपाएपछि बाध्य भएर धर्नामा बसेको एक उपभोक्ता समितिका अध्यक्ष पुष्पेन्द्र कुसियैतले सेतोपाटीलाई बताए। उनीहरूले कार्यालयले मौखिक भनेका भरमा काम गरेकोले अहिले दु:ख पाइएको गुनासो गरेका छन्।आफूहरूले विनाकरार काम गर्दा यस्तो अवस्था आइपरेको उनले बताए। 

कमला नदीमा आउने बाढी नियन्त्रण गर्न हथमुण्डा, हरिने, दूधौली, डकाहा, चिकना, पटेर्वा, निदैना, बन्दीपुर, चिसापानी लगायतको स्थानमा तटबन्ध निर्माण, तारजाली लगाउने काम भएको थियो।यसबारे कार्यालय प्रमुख एकराज भट्टराइले अर्थ मन्त्रालयले ढिलो गरेर कार्यक्रमको स्वीकृति दिएका कारण भुक्तानीमा केही ढिलाइ भएको बताए।

जलस्रोत तथा सिँचाइ विभाग र मन्त्रालयले माघ महिनामै कार्यक्रम स्वीकृतिका लागि भने पनि वैशाख १० गतेमात्रै अर्थ मन्त्रालयबाट कार्यक्रम स्वीकृत भएकाले भुक्तानीका लागि समय लागेको उनको भनाइ छ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments