Incident Reports

स्वास्थ्यकर्मी कुटिएपछि विराटनगरमा प्रदर्शन

2021-06-01

Province 1, Morang, Biratnagar

विराटनगर / कोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कुटिएपछि स्वास्थ्यकर्मीले प्रदर्शन गरेका छन् । ड्युटी सकेर घर फर्कँदै गर्दा प्रहरीबाटै सहकर्मी कुटिएपछि स्वास्थ्यकर्मीहरुले बुधबार विराटनगरमा प्रदर्शन गरेका हुन् ।

कोरोना महामारीमा अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै नेपाल चिकित्सक सङ्घ कोसीको अगुवाइमा कोसी अस्पतालमा स्वास्थ्यकर्मीले प्रदर्शन गरे । स्वास्थ्यकर्मीले सुरक्षाको ज्ञारेन्टी गर्न माग गरेका छन् ।

मङ्गलबार राति अस्पतालको काम सकेर घर फर्कँदै गर्दा कोसी अस्पतालमा कार्यरत सिनियर अहेब अशोक राजवंशी प्रहरीबाट कुटिएका थिए । स्वास्थ्यकर्मीकाे परिचयपत्र देखाउँदा पनि प्रहरीले कुटपिट गरेकाे उनले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments