Incident Reports

कर्मचारीमाथि दुर्व्यवहार, कामकाज ठप्प

2021-06-03

Madhes, Saptari, Dakneshwori

डाक्नेश्वरी नगरपालिकामा कार्यरत फाँट अधिकृत ३० वर्षीय वीरबहादुर लेहरालाई डाक्नेश्वरी नपा–६ का रामसागर मण्डल र भल्टु भनिने रामअवतार यादवसहित २०/२२ जनाको समूहले जेठ २१ गते कार्यालयमै गालीगलौज र दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले सम्पूर्ण कामकाज ठप्प गरेका छन् ।

बाटोघाटोमा समेत कुटपिट गर्ने, मार्ने धम्की दिएको आरोप लगाउँदै कर्मचारीहरूले दोषीमाथि कारवाही र कर्मचारीको शान्ति सुरक्षा नभएसम्म कार्यालयको कामकारबाही बन्द राख्ने निर्णय गर्दै जेठ २१ गते संयुक्त विज्ञप्तिसमेत जारी गरेका छन् ।

आरोपितहरूले नगर प्रमुख शिवनारायण साहको कार्यकक्षमा नगर प्रमुख साह र निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्तकुमार दासकै अगाडि अपशब्द गालीगलौज र दुर्व्यवहार गर्दै मार्ने धम्की दिएको पीडित कर्मचारी लेहराले आरोप लगाउनु भयो ।

डाक्नेश्वरी नपा–६ मा ५ लाख रुपियाँको लागतमा ह्यूमपाइप तथा कल्भर्ट निर्माणका लागि नगरस्तरीय योजनाको उपभोक्ता समिति बनाउँदा एकलौटी ढङ्गले बनाएको भन्दै आरोपितहरूले समितिविरुद्ध नगरपालिका कार्यालयमा निवेदन दायर गरेका थिए ।

समितिविरुद्ध परेको निवेदनको सुनवाइ नगरी नगर प्रमुख साह र निमित्त प्रशासकीय अधिकृतलाई समेत जानकारी नदिई फाँट अधिकृत लेहराले विवादित समितिसँग सम्झौता गरेको भन्दै समूहमा आएका आरोपितहरूले कर्मचारीलाई गालीगलौज र दुव्र्यवहार गरेको नगर प्रमुख साहले बताउनु भयो ।

नगर प्रमुख साहले कर्मचारी र आरोपित पक्ष दुबैको गल्ती रहेको बताउनु भयो । उपभोक्ता समिति निर्माणकै विषयमा विवाद भएपछि कर्मचारीले जानकारी दिनु पर्नेमा थाहा नै नदिई सम्झौता गराउनु र हामीसँग समेत हस्ताक्षर गराउनु कर्मचारीको कमजोरी भएको तथा समाधानको कानुनी उपाय नखोजी कार्यालयमा कर्मचारीमाथि दुर्व्यवहार गर्नु आरोपितहरूको गल्ती भएको उहाँले बताउनु भयो ।

घटनाका सम्बन्धमा प्रहरीमा उजुरी परेको छैन भने कर्मचारीले विज्ञप्तिमार्फत विरोध गरेका छन् ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments