Incident Reports

राप्ती नदीमा मापदण्ड विपरित उत्खननको विरोधमा स्थानीय बासिन्दा – देशसञ्चार

2021-06-10

Lumbini, Dang, Gadhawa, Ward 5

दाङ – राप्ती नदीमा मापदण्ड विपरित जथाभावी नदीजन्य बस्तु उत्खनन् गरिएको विरोधमा स्थानीय बासिन्दाले काम रोकिदिएका छन् ।गढवा गाउँपालिका–५ धर्मपुर र मघर गाउँका स्थानीयले उत्खनन् भैरहेको स्थानमा पुगेर जथाभावी उत्खनन रोक्न दबाब दिएका हुन् । गढवा गाउँपालिकाले ठेक्का लगाएको स्थानबाट ठेकेदारहरुले ठूला मेसिनरी औजार प्रयोग गरेर नदीजन्य बस्तुको जथाभावी उत्खनन् गर्दै आएका छ ।

केही दिन अघि पनि उत्खनन् गरिएको थियो । विरोध भएपछि काम रोकिएको थियो । पछि फेरि उत्खननको काम सुरु भएको थियो ।

धर्मपुरको घाटमा गाउँपालिकाले ठेक्का लगाएको छ । पालिकाले ठेक्का लगाएको र आफूहरुले राजश्व बुझाएको हुनाले उत्खनन् गरेको ठेकेदार प्रतिनिधिको दाबी छ । जनताको तटबन्धले बनाएको तटबन्ध भत्काएर उत्खननको लागि बाटो बनाइएको छ । १७–१८ वटा टिप्पर र ६–७ स्क्याभेटर नदी क्षेत्रमा रोकिएका छन् ।

‘नदीमा ठूलो–ठूलो खाडल खनिएको छ । बिहान ४ बजेदेखि रातिसम्म उत्खनन् गर्छन्’, स्थानीय सञ्जिव चौधरीले भने, ‘किन यसरी जथाभावी काम गरियो । नदी तटबन्ध गर्न बनाइएको ड्याम भत्काएका छन् ।’ गढवा गाउँपालिकाका जनप्रतिनिधिलाई कुरेर स्थानीय बासिन्दा नदीमै धर्ना दिएर बसेका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments