Incident Reports

टोपबहादुर प्रमुख भएको संगठनद्वारा जनयुद्धका सहिदका छोराछोरी पढ्ने विद्यालयमा तालाबन्दी - Kantipath.com

2021-06-10

Province 1, Sunsari, Itahari, Ward 19

सुनसरीको इटहरी उप-महानगरपालिका वडा नं १९ स्थित सहित स्मृति आवासीय माध्यमिक विद्यालयमा ताला लागेको छ । सत्तारुढ नेकपा (एमाले) निकट विद्यार्थी संगठनमा अनेरास्ववियुले विद्यालयमा ताला लगाएको हो । उक्त विद्यालयमा जनयुद्धका सहिद, बेपत्ता तथा घाइते योद्धाका सन्ततिहरु पढ्ने गर्दछन ।

तत्कालिन नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड प्रथम पटक प्रधानमन्त्री हुँदा अर्थमन्त्री डा. बाबुराम भट्टराईले प्रत्येक विकास क्षेत्रमा यस्तै प्रकृतिका विद्यालय स्थापना गरेको थिए । सुनसरी, दोलखा, दाङ्ग, कास्की र डोटीमा गरि ५ विद्यालय संचालनमा छन् । रोचक पक्ष के छ भने ताला लाउने विद्यार्थी संगठन अनेरास्ववियु हेर्ने केन्द्रिय जनसंगठन मोर्चाको प्रमुख टोपबहादुर रायमाझी छन् जो पुर्व माओवादी नेता हुन् ।

हाल उक्त सबै विद्यालय स्थानीय सरकारलाई हस्तान्तरण भएका छन् । सुनसरीको विद्यालयमा ताला लगाउन आफ्ना कार्यकर्तालाई ढाडस दिन इटहरी उप-महानगरपालिकाकी उप-प्रमुख लक्ष्मी गौतम स्वयम् उपस्थित थिईन । आफै अभिभावक भएको संस्थामा आफै ताला लाउन जानु कत्तिको शोभनीय हो ? भन्दै विद्यालयमा पढ्ने विद्यार्थीहरुले प्रश्न उठाएका छन् ।

यस विषयमा बुझ्न लक्ष्मी गौतम (९८५२०४८९०८) लाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन । नियामक निकाएका प्रतिनिधिले चाहेको खण्डमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई छलफलका लागि बोलाउन सक्थ्यो तर उपमेयर भने आफै तालाबन्दीमा उत्रिएकी छन् ।

अनेरास्ववियुका जिल्ला स्तरिय नेता रोशन रेग्मीका अनुसार विद्यालयमा भएका भ्रष्ट्राचार, अनियमितता र व्यवस्थापन समितिको अबैधानिक कदम विरुद्ध अनेरास्ववियु सुनसरीले लामो समयदेखि विद्यालयमा ताला बन्दी गरेको हो ।

विद्यालयका एक शिक्षकका अनुसार विद्यालयमा आफ्नो मनलाग्दी नचलेपछि विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन्। आर्थिक अनियमितताको आरोपमा विद्यालयका प्रधानाध्यापक शिव चन्द्र राईलाई व्यवस्थापन समितिले निकालेपछि एमालेको विद्यार्थी संगठनले बखेडा झिकेको हो । राई एमाले निकट मानिन्छन । स्रोतका अनुसार व्यवस्थापन समितिले एमालेका एक नेताकी श्रीमतीलाई विद्यालयबाट निकालेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments