Incident Reports

प्रहरीद्वारा किशोर कुटिए- प्रदेश २

2021-06-11

Madhes, Bara, Kalaiya

बारा — निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले किशोरलाई कुटपिट गरेका छन् । बाराको कलैया बजारमा ड्युटीमा रहेका प्रहरीले शुक्रबार कलैया–१ का शिवनारायण साहको छोरा १६ वर्षीय आलोकलाई कुटपिट गरेका हुन् । 

कुटपिटबाट किशोरको बायाँ हातमा चोट लागेको थियो । उनी सातु किन्न बजार गएका थिए । चोट लागेपछि प्रहरीले कलैयास्थित बारा नर्सिङ होममा उपचार गराएर किशोरलाई अभिभावकको जिम्मा लगाएको छ । किशोरलाई कुटपिट भएपछि कलैया बजारका व्यापारीहरूले प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए । थप प्रहरी परिचालन गरेर प्रहरीले किशोरलाई अस्पताल लगेको हो ।

आलोकका बुबा कलैया बजारमा चिया बिक्री गरेर गुजारा गर्दै आएका छन् । बुबा शिवनारायणले प्रहरीले गराइदिएको उपचार र स्थानीय तथा प्रहरीको आग्रहले चित्त बुझाउनुपरेको बताए । ‘प्रहरीले इन्साफ दिने भनेको छ,’ उनले भने, ‘इन्साफ नदिएको ठाउँमा सोचौंला ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence against civilians
Weapons Unclear
Primary Cause Law and Order Violence
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments