Incident Reports

थाहा खबर: अवैध मदिरा नियन्त्रण गर्दा प्रहरीमाथि आक्रमण

2021-06-12

Madhes, Dhanusha, Dhanusadham, Ward 9

जनकपुरधाम : अवैध मदिरा नियन्त्रणमा लिन खोज्दा धनुषामा प्रहरीमाथि आक्रमण भएको छ। धनुषाधाम नगरपालिका–९ धारापानीमा शनिबार साँझ अवैध मदिरा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका हुन्।

धारापानीका केही घरमा अवैध मदिरा उत्पादन र बिक्री वितरण भई रहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदिप सुवेदीको नेतृत्वमा पुगेको टोलीले एक हजार ५० लिटर कच्चा पदार्थ र ६० लिटर रक्सी नियन्त्रणमा लिएका थिए। मदिरा प्रहरी चौकी ल्याउने क्रममा स्थानीयले घेरा हाली प्रहरीमाथि हातपात, ढुङ्गा प्रहार तथा दुर्व्यवहार गरेको प्रहरी निरीक्षक सुवेदीले बताए।करिब डेढ सय जनाको आक्रमणबाट ना १ झ १२११ नम्बरको प्रहरी भ्यानको सिसामा क्षति पुगेको छ प्रहरी जवान राजु खानलाई चोटपटक लागेको छ।

उनीहरुले प्रहरी निरीक्षक सुवेदीसहित केही प्रहरीमाथि मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ खन्याएका थिए।घटनामा संलग्न धारापानीका सुशीला थापा, लक्ष्मी साह र श्रवण कापरलाई दुई पुरुष र एक महिलालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सुशीलाको घरबाट ७६५ लिटर कच्चा पदार्थ, माया आलेको घरबाट ६० लिटर तयारी मदिरा र ९० लिटर कच्चा पदार्थ तथा बेचु मगरको घरबाट १९५ लिटर कच्चा पदार्थ नियन्त्रणमा लिएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Other
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 150
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments