Incident Reports

खोप माग्दै ट्यांकर चालक आन्दोलनमा, बागतीमा पेट्रोलियम ढुवानी अवरुद्ध

2021-06-13

Bagmati, Kathmandu, Chandragiri, Ward 3

कोरोना भाइरसविरुद्धको खोप नलगाइदिएको भन्दै ट्यांकर चालकले आन्दोलन गरेपछि बागमती प्रदेशमा पेट्रोलियम ढुवानी अवरुद्ध भएको छ ।नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको आह्वानमा संघको बागमती प्रादेशिक कार्यालय थानकोटबाट जिल्ला र पम्पहरुमा हुने पेट्रोलियम ढुवानी आइतबारदेखि रोकिएको छ । चालकको आन्दोलनका कारण प्रादेशिक डिपोमा अमलेखगञ्ज डिपो र बरौनीबाट हुने ढुवानीसमेत अवरुद्ध भएको छ ।

संघका अध्यक्ष ईश्वर लामाले कोरोना महामारीका कारण चालक तथा तिनका परिवारको ज्यानै जाने अवस्था आउँदा पनि डिपोले खोपको व्यवस्था नगरेका कारण आन्दोलन गरेको बताए । ‘अमलेखगञ्जमा एक जना चालकको ज्यान गयो, कयौं साथीहरु अझै गम्भीर संक्रमण भएर बसेका छन्, हाम्रो सुरक्षामा उदासीनता देखाइयो,’ अध्यक्ष लामाले भने ।

निगमको बागमती प्रदेश कार्यालय डिपो थानकोटका डिपो प्रमुख अभिषेक ठाकुरले अत्यावश्यक सेवा नरोक्न ट्यांकर चालकलाई सम्झाउने प्रयास भइरहेको बताए । ‘हामीलाई जोखिम छ, जसरी पनि खोपको व्यवस्था गरिदिन पर्‍यो भन्ने उहाँहरुको माग छ, आज बिहानैदेखि पम्पहरुमा हुने ढुवानी रोकिएको छ,’ उनले भने ।

्प्रादेशिक डिपो मातहतका झण्डै पाँच सय ट्यांकरमध्ये निषेधाज्ञाको समयमा दैनिक १२० ट्यांकर पालो गरेर सञ्चालन भइरहेका थिए ।

ट्याङ्कर चालक संघले चालकलाई खोपको व्यवस्था गरिदिन डिपोमामा गरेको आग्रह निगमको मुख्य कार्यलय र स्वास्थ्य मन्त्रालयमा पठाएको तर खोप उपलब्ध हुन नसकेको ठाकुरले बताए ।

‘खोप दिलाइदिन कार्यालयले सबै पहल गरेपनि सरकारसंग खोप नभएकाले उपलब्ध हुनै सकेन, यसैको बहानामा अत्यावश्यक सेवा रोक्नु हुन्न,’ ठाकुरले भने । ट्यांकर चालकलाई खोप उपलब्ध गराउन निगमले पहल गरे पनि खोप नपाइएको निगमका प्रवक्ता विनित मणि उपाध्ययाले बताए ।

‘निगमले पहल गरेकै हो, खोपको अभाव मुलुकको समास्या भइसकेको छ, तर यसैलाई लिएर अत्यावश्यक सेवा रोक्नु हुन्न,’ प्रवक्ता उपाध्ययले भने । चालकहरुको आन्दोलन समाधानका लागि निगमका उच्च नेतृत्व वार्ताका लागि थानकोटतर्फ गएको छ ।
..

खोप नपाएपछि व्यवसायीले उठाएनन् इन्धन- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

काठमाडौँ — चालक, सहचालक र पम्पमा कार्यरत कर्मचारीका लागि कोभिडविरुद्धको खोप माग्दै पेट्रोलियम व्यवसायीले इन्धनको लोड अनलोड बन्द गरेका छन् ।

सेवा दिने क्रममा चालक तथा सहचालक र पम्पमा कार्यरत कर्मचारीको कोरोना संक्रमणका कारण निधन भइरहेको र यस क्षेत्रमा आबद्ध मजदुरका परिवारमा समेत संक्रमण फैलिरहेकाले खोपको व्यवस्था नभएसम्म सेवा दिन नसकिने नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सोही कारण व्यवसायीले आइतबार थानकोट डिपोबाट इन्धन लोड अनलोड नगरेको निगमले जनाएको छ ।

डिपो खुला भए पनि आइतबार व्यवसायीहरूले इन्धन नउठाएको थानकोट डिपो प्रमुख अभिषेक ठाकुरले बताए । ‘आइतबार सेना, प्रहरी र साझाबाहेक अन्यमा ढुवानी भएन,’ उनले भने । लकडाउन भएपछि औसतमा पेट्रोल दिनमा साढे ४ सय किलोलिटर र डिजेल साढे ५ सय किलोलिटर बिक्री भएको थियो । पछिल्लो २/३ दिनयता बिक्री क्रमिक रूपमा बढिरहेको थियो । तर आइतबार साढे ५ बजेसम्म पेट्रोल ७० किलोलिटर र डिजेल ४६ किलोलिटर मात्रै बिक्री भएको निगमको भनाइ छ । ‘इन्धन ढुवानी नगर्नुको मुख्य कारण खोप नै हो । चालक र सहचालकले पहिला पनि प्रयास गरेका थिए, सुनुवाइ भएन,’ ठाकुरले भने, ‘डिपो सोमबार पनि खुला हुन्छ । तर व्यवसायीले खोप नपाएसम्म ढुवानी नगर्ने भनेका छन् ।’

नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले जारी गरेको विज्ञप्तिमा बारम्बार ध्यानाकर्षण गराउँदा कुनै कदम नचालिएको उल्लेख छ । संघले गरेको निर्णयमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पनि समर्थन गरेको छ । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा पनि विरोधप्रति नैतिक समर्थन रहेको उल्लेख छ ।

व्यवसायीलाई आइतबार इन्धन लोड अनलोड नगरे पनि निषेधाज्ञा जारी रहेकाले सर्वसाधारणलाई तत्काल असर भने पर्दैन । एसोसिएसनले खोपका विषयमा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत पत्र पठाएको छ । ‘एसोसिएसनले फागुन ७ र वैशाख १७ मा लगातार पत्राचार गरिसकेको र प्रदेशअन्तर्गत सञ्चालक, कर्मचारी तथा फर्मका चालक/सहचालकसमेत गरी १० हजार ३ सय ४८ जनालाई खोप माग गरिएको छ,’ अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले पठाएको पत्रमा भनिएको छ, ‘सम्बन्धित मन्त्रालयका तर्फबाट समेत त्यस मन्त्रालयमा खोप उपलब्ध गराइदिन सिफारिस गरिसके पनि हालसम्म खोप उपलब्ध हुन सकेको छैन । यस महामारीले पेट्रोलियम व्यवसाय क्षेत्रमा ११ जनाले ज्यान गुमाइसकेको र १ हजार जना संक्रमित भइसकेका छन् । हाल संक्रमितको संख्या १ सय ४६ जना छ । शीघ्र खोप उपलब्ध नहुँदा पेट्रोलियम व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था रहँदैन । जुनसुकै दिनमा व्यवसाय बन्द हुन सक्ने अवस्था सिर्जना हुन सक्छ ।’

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पनि आइतबार सरकारी र साझाबाहेक अन्य ट्यांकरमा इन्धन लोड नभएको बताए । व्यवसायीलाई खोप लगाउने विषयबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई पत्र पठाइसकेकाले अब सहज हुने बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments