Incident Reports

भित्र कार्यपालिका बैठक: बाहिर जनताको नारा जुलुस | Nagarik News - Nepal Republic Media

2021-06-18

Bagmati, Bhaktapur, Madhyapur Thimi

भक्तपुरको मध्यपुरथिमि नगरपालिका कार्यालयमा कार्यपालिका बैठक चलिरहँदा बाहिर जनताले नारा जुलुस गरेका छन्।उनीहरुले वडा नं.६ मा रहेको नगरपालिका भवन पुग्ने सडक कालोपत्रे नभएको भन्दै नारा जुलुस गरेका हुन्। गएको दुई वर्षदेखि सो सडक कालोपत्र नहुँदा समस्या भोगिरहेका जनताहरु निषेधाज्ञाको बेवास्ता गरी सडकमा उत्रिएका हुन्।

नगरपालिका कार्यालय जाने मुख्य सडक भएर पनि नगरपालिकाले प्राथमिकतामा नराख्दा र साविकको पीच सडक स्तरोन्नतिका लागि कोटर्दा आफूहरुलाई हिँडडुल गर्न समेत समस्या भएको स्थानीयले बताए। ‘पानी पर्दा हुने हिलोले वारिबाट पारि जान समेत गार्हो छ, हामीलाई भएको गार्होसार्होको नगरपालिकाले मतलबै गरेन,’ आन्दोलनरत सन्देश प्रजापतिले भने।

धर्ना दिएका स्थानीयले सो सडक स्तरोन्नतिका लागि कहिले सिमांकनमा समस्या भएको भन्दै काम पछि धकेल्दै आएको बताए। ‘अहिले पनि बाटो खनेर खलपत्र छोडिएको छ, हामीले खानेपानीको होला भन्ने सोचेका थियौं, त्यहाँ त बिजुलीका तारहरु अण्डरग्राउण्ड गर्न लागिएको रहेछ, त्यसले अझ बाटो पीच नहुने भयो, हामीले कति खेप्ने सास्ती ?’ स्थानीय शोभाको प्रश्न छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments