Incident Reports

नरभक्षी बाघलाई नियन्त्रणमा लिन ढिलाई गरेको भन्दै चितवन निकुञ्जको कार्यालयमा तोडफोड  :: Setopati

2021-06-21

Bagmati, Chitawan, Ratnanagar

बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ।चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जनकौली मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट रत्ननगर–५ मगरटोलकी गीता अधिकारीको मृत्यु भएको हो।वन भित्र निहुरो टिप्न गएकी ३२ वर्षीया अधिकारीको दिउँसो साढे १ बजेतिर बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दियो।

यसैबीच मान्छेको ज्यान गएको घण्टौंसम्म पनि चितवन निकुञ्जले नरभक्षी बाघलाई नियन्त्रणमा लिएर मृतकलाई बाहिर नल्याएको भन्दै आक्रोशित स्थानीयले निकुञ्ज कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन्।सौराहास्थित चितवन निकुञ्जको पूर्वी सेक्टर कार्यालयमा जम्मा भएका स्थानीयले कार्यालयमा तोडफोड गर्नुका साथै फर्निचरमा आगजनी गरेका छन्।

चितवन निकुञ्ज कार्यालयले भने बाघलाई डार्ट (सुई लगाएर बेहोस बनाउने) गरेर नियन्त्रणमा लिने तयारी भइरहेको जनाएको छ।निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बाघलाई डार्ट गर्नु सजिलो काम नभएको भन्दै यसको तयारीका लागि केही समय आवश्यक पर्ने भएकाले ढिलो भएको बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Secondary Form Arson
Weapons Fire
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments