Incident Reports

कर तिर्ने म्याद थप्न माग गर्दै नेपालगञ्जमा प्रदर्शन

2021-06-22

Lumbini, Banke, Nepalgunj

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भइरहेको निषेधाज्ञामा पीडित उद्योगी/व्यवसायीका लागि राहतको माग गर्दै नेपालगञ्जमा मङ्गलवार प्रदर्शन गरिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्गलवार साङ्केतिक दबाबमूलक कार्यक्रमको आयोजना गरी प्रदर्शन गरिएको हो ।

निषेधाज्ञा चलिरहेकाे अवस्थामा सरकारले कर दाखिला गर्न दिएको असार २५ को म्याद अव्यावहारिक भएकाले म्याद बढाउन माग गर्दै प्रदर्शन गरिएको सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताउनुभयो ।

यसैगरी व्यवसायीहरूलाई कोरोना भाइरसविरुद्धको खाेप उपलब्ध गराउनुपर्ने, मौद्रिक नीतिमार्फत बैंक ब्याज छुट, कोरोना सङ्क्रमण घटेसँगै निषेधाज्ञा हटाउनुपर्ने, सिमानाका व्यवस्थित गर्नुपर्ने लगायतका माग राखी सङ्घको भवन अगाडि प्ले–कार्डसहित साङ्केतिक दबाबमूलक कार्यक्रम गरिएको महासचिव चिरञ्जीवी वलीले बताउनुभयो ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments