Incident Reports

सरस्वती प्रधानलाई निसर्त छाड्न माग गर्दै प्रदर्शन (फोटोफिचर)

2021-06-23

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं : यल जातिय समाज, यल रुपा सुनारले सरस्वती प्रधानले जातीय आधारमा घर भाडामा नदिएको भन्ने आरोप सुनियोजित भएको भन्दै प्रदर्शनमा उत्रिएको छ। बुधबार बानेश्वरमा प्रधानलाई निसर्त छाड्नुपर्ने भन्दै स्थानीय र समाजका सदस्यहरु प्रदर्शनमा उत्रिएका हुन्।

मंगलबार यल जातिय समाजका २० सदस्य समाजहरू, नेपाल भाषा मंकाः खल यल, नेवा दे दबु यल, नेवा ग्वाहाली पुचः, पिडित सरस्वती प्रधानको श्रीमान मुकुन्द प्रधान, समाजिक अभियन्ता यादव लाल कायस्थ, सामाजिक अभियन्ता राजाराम तण्डुकार लगायतको सहभागितामा बैठक बसेर बुधबार आन्दोलनमा उत्रिएका छन् ।

घरधनीले जातीय विभेद गर्ने मनशाय नराखेको र प्रत्येक घरधनीलाई आफ्नो घर भाडामा दिँदा भाडामा बस्ने व्यक्तिको घर ठेगाना,पेशा,चालचलन तथा अन्य जानकारी सोध्ने अधिकार रहेको भन्दै प्रदर्शनमा उत्रिएको बताइएको छ। उनीहरुले संयौ वर्षदेखि चलिआएको जातिय सद्भावलाई खलल पुर्‍याउने र समाजमा द्वन्द सृजना गर्न उद्धत रहेको भन्दै सुनारलाई हदैसम्मको कारबाहीको माग गरेका छन्। उनीहरुले आफूहरु सबै खाले विभेदको विपक्षमा रहेको जनाएका छन् ।

समाजले भविष्यमा यस्ता घटना हुन नदिन ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख ढुण्डीप्रसाद निरौलालाई गम्भीर ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउने भएको छ।

काठमाडौंको बबरमहलस्थित प्रधानले सुनारलाई जातीय आधारमा कोठा नदिएको उजुरीको आधारमा प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Adivasi/Janajati
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments