Incident Reports

विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

2021-06-23

Madhes, Rautahat, Maulapur

प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ ।विकास तथा सत्यको लडाईमा निरन्तर अग्रसर रहने मौलापुर नगरपालिकामा स्वस्फूर्त हजारौं महिला पुरुषको सहभागितामा पुनः विकासको पक्षमा विशाल प्रदर्शन भएको हो । विकासविरोधी तत्वहरु एवं प्रतिक्रियावादीहरुको षडयन्त्र बढेपछि प्रतिकारमा बुधबार मौलापुरमा हजारौको संख्यामा स्थानीयहरु सडकमा उत्रिएर खबरदारी गरेका छन् । कुनै पनि बहानामा विकास रोक्न पाइदैन भन्ने संदेशका साथ मौलापुरमा भएको जनप्रदर्शनले विकासप्रति जनतालाई पुनः जागृत बनाएको छ ।

मौलापुर नगरपालिकाको पाँचौं नगरसभाको पुर्वसंध्यामा केहि विकास बिरोधि तत्वहरुले विभिन्न बखेडा झिकेर नगरसभा प्रभावित गर्न खोजेको भन्दै प्रत्येक वडाहरु बाट आएका महिला पुरुषले नारा जूलूस लगाउंदै मौलापुर बजार परिक्रमा गरेका छन् ।

प्रत्येक बर्षझै यस पटक पनि आर्थिक बर्ष २०७८र०७९ को पाँचौ बजेट अधिवेशनको लागि मौलापुर नगरपालिकाले अगामी १० गते तिथि निर्धारण गरेको नगरप्रमुख रिनाकुमारी साहले बताइन् ।नगर कार्यपालिका बोर्डको निर्णय अनुसार अगामी १० गते हुने नगरसभा सफल बनाउन जिल्ला तथा स्थानीय अतिथी लाई निम्तो गर्नुका साथै विभिन्न मिडियामा प्रचारप्रसार समेत भैरहेको छ ।

तर बिगतमा विकासको रकम दुरुपयोग गरेका केहि जनप्रतिनिधि र केहि विकास बिरोधी तत्व मौलापुर नगरपालिका विरुद्ध अनर्गल प्रचारमा लागिरहेकोमा नगरपालिकाका उपमेयर गौरीशंकर जयसवालले आपत्ति जनाए । मौलापुर नगरपालिकाको विकासको गति देखेर विकास बिरोधि तत्वका साथै केहि राजनीतिक दलको समेत निन्द हराम भएको उनले बताए ।

‘नगरपालिकाको कुनै पनि विकास निर्माण अथवा गतिविधि बारे जानकारी लिन लिखित निवेदन आएमा सोको जानकारी दिन सदैव हामी तत्पर छौँ । तर कानुनी रूपमा कोहि न आएर नगरसभालाई प्रभावित बनाउने उनीहरुको मनसाय देखेर नगरका जनता प्रतिकार स्वरुप सडकमा उत्रिनु परेको हो’ उपमेयर जयसवालले बताए ।

मौलापुर नगरपालिकाले नगरका किसानलाई निशुल्क बीउ, निशुल्क सिचाइ, निशुल्क ग्यांस चुल्हो सिलिन्डर सहित, दलितको घर, छात्रालाई ल्यापटप, साईकल, दिउँसो बिहे गर्ने परिवारलाई प्रोत्साहन स्वरुप २५ हजार नगद, जस्ता लोकप्रिय कार्यक्रम संचालन गर्दै आएको छ ।

मौलापुरमा प्राबिधिक शिक्षाको पढाई, निषेधाज्ञामा दलित गरिबलाई राहत, खेत खेतमा बिधुतिकरण, प्रदेश २ मै प्रहिलो पटक मौलापुरमा ७५ बिगहा जग्गामा लैण्डपुलिङ अर्थात जग्गा एकिकरण जस्ता योजना अगाडि बढाएर पिछडिएको क्षेत्रलाई केन्द्र बनाउन मौलापुरको नेतृत्व सफल भएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 1000
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments