Incident Reports

जातीय विभेदकी आरोपीलाई गाडीमा राखेर ल्याएका मन्त्री श्रेष्ठ विरुद्ध प्रदर्शन

2021-06-24

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ– शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध युवाहरुले प्रदर्शन गरेका छन्। राजधानीको  बबरमहलमा युवाहरुले मन्त्री श्रेष्ठको पुतला जलाएका हुन्।

जातीय विभेद गरेर कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा हुँदा मन्त्री श्रेष्ठ गाडी लिएर आफै पुगेका थिए। त्यसैको विरोधमा युवाहरुले प्रदर्शन गरेका हुन्।

राज्यले नै जातीय विभेद गर्नेलाई साथ दिएको भन्दै युवाहरुले आक्रोश पोखेका छन्।

रुपा सुनारलाई जातकै कारण कोठा नदिएको आरोपमा काठमाडौँको बबरमहलकी प्रधान थरकी घरबेटी पक्राउ परेकी थिइन्। उनी बुधबार रिहा भएकी थिइन्।

बहालवाला मन्त्री नै पीडकको पक्षमा उभिएको भन्दै सामाजिक सञ्जालहरुमा मन्त्री श्रेष्ठको आलोचना भइरहेको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments