Incident Reports

डोल्पाको मुड्केचुला गाउँपालिकामा तालाबन्दी

2021-06-27

Karnali, Dolpa, Mudkechula

डोल्पाको मुड्केचुला गाउँपालिकाका युवाहरुले पालिकामा तालाबन्दी गरेका छन्। युवाहरुले बिभिन्न माग राखेर तालाबन्दी गरेका हुन्।

चार वर्षको अवधिमा आठ जना प्रमुख प्रशासकीय अधिकृत बदलेको, सवै वडामा वडा सचिवको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेर युवाहरुले तालाबन्दी गरेका छन्। नौ वटा वडा रहेको मुड्केचुलाका कुनै पनि वडामा सचिव छैनन्।

करारका कर्मचारीबाट कार्यालय सञ्चालन भइरहेको छ। नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतले करारका कर्मचारीलाई हटाउने धम्की दिएपछि कार्यालयको काम प्रभावित भएको छ।

गाउँपालिकाका अध्यक्ष लगायतलाई जानकारी नदिएर प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठ असारमा काठमाडौं गएर एक महिना बिताएपछि युवाहरु आक्रोशित बनेका छन्।

राजनीतिक हस्तक्षेपका कारण गाउँपालिकाको काम प्रभावित बनाएको युवाहरुको आरोप छ। यो गाउँपालिका अध्यक्ष नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन भने उपाध्यक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समर्थकले जितेका कारण राजनीतिक द्वन्द्व बढेपछि कामकाज प्रभावित बनेको हो।

गाउँपालिका भित्र अहिले सम्म कुनै पनि प्रशासनिक काम र आर्थिक कारोबार हुन नसकेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए। प्रमुख प्रशासकीय अधिकृत कहाँ जान्छन् त्यसबारे आफूलाई कुनै जानकारी नै नभएको शाहीले सुनाए।

प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा कुलमा एक महिना पनि हाजिर नभएको र कार्यालयमा आउँदा १०–१५ जना युवाहरु अगुवापछुवा लगाएर कार्यालय र बासस्थान पुग्ने गरेको स्थानीय यूवा रुपक कुलालले बताए।

श्रेष्ठ गाउँपालिकाकी उपाध्यक्ष सविताकुमारी रोकायलगायतको गुटको योजनाअनुसार मात्र चल्दा काम गर्न मुस्किल भएको कर्मचारीहरु बताउँछन्। कार्यालयमा काम गर्ने वातावरण नै नभएको एक कर्मचारीले बताए।

डोल्पाका सत्ताधारी दलका केन्द्रीय नेतृत्वमा रहेका नेताहरुको दबावका कारण मुड्केचुलामा कर्मचारी फेरबदल गर्ने र कुनै काम हुन नदिने गरेको गाउँपालिकाका अध्यक्षको बताए।

कोरोनाको समयमा पनि प्रमुख प्रशासकीय अधिकृत सरुवा गरिँदा काम गर्न नसकेको उनले सुनाए। अहिलेका अधिकृतसँग आफ्नो दुई पटक मात्र भेट भएको अध्यक्ष शाहीले बताए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments