Incident Reports

आफ्नो चरित्र हत्या गर्ने ९ अनलाइनविरुद्ध रुपा सुनारले दिइन् प्रेस काउन्सिलमा उजुरी

2021-06-26

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । सञ्चारकर्मी रुपा सुनारले आफ्नो चरित्र हत्या गर्ने ९ वटा अनलाइनविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । ती अनलाइन पोर्टलहरुले विभिन्न जातजाति, धर्म, वा सम्प्रदायबीच सुसम्बन्धमा खलल पुर्याएको र आफ्नो चरित्र हत्या गरेर समग्र समुदायमाथि नै हिंसा गरेको भन्दै साइबर अपराधअन्तर्गत कारबाहीका लागि प्रेस काउन्सिलमा उनले उजुरी दिएकी छन् ।

जातीय दूव्र्यवहार भए पछि विरोधमा उत्रिदा उनीमाथि ती अनलाइनहरुले कसैबाट परिचालन भएको भन्दै भ्रामक समाचार लेखेको उनले भनेकी छन् । नेपाल पाना अनलाइनले उनीमाथि युरोपियन युनियन (ईयू) बाट डेढ करोड रुपियाँ खाएको आरोप लगाएको छ ।

रुपाले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध प्रेस काउन्सिलमा लिखित उजुरी दिएका छन् ।

काठमाडौंको बबरमहलमा भाडामा बस्नका लागि कोठा खोज्ने क्रममा उनीमाथि घरबेटी सरस्वती प्रधानले जातीय विभेद गरेपछि उनी न्याय माग्दै आइरहेका छन् । यहीँ क्रममा ती अनलाइन पोर्टहरुले आफ्नो चरित्र हत्या गर्न भ्रामक समाचार फैलाएको भन्दै काउन्सिलमा उजुरी दिएकी छन् ।

काठमाडौँ । दलितका नाममा विभेदको अन्त्यका लागि सामाजिक अभियान चलाइनुपर्नेमा अगुवाहरुले जोड दिनुभएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
National/Online Media

0 Comments