Incident Reports

विभेदविरुद्ध बाँकेमा सांकेतिक विरोध र्‍याली- लुम्बिनी - कान्तिपुर समाचार

2021-06-26

बाँके — काठमाडौंमा जातकै कारण कोठा पाउनबाट बञ्‍चित भएकी सञ्‍चारकर्मी रुपा सुनारको समर्थन गर्दै शनिबार बाँकेमा युवाहरुले सांकेतिक विरोध प्रदर्शन गरेका छन् । मन्त्री कृष्णगोपाल श्रेष्ठले आरोपित सरस्वती प्रधानलाई सरकारी झन्डावाल गाडीमा राखेर घर लगेको दृश्यलाई राज्यले जातीय विभेद संरक्षण गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । र्‍यालीमा कोहलपुरका ३० जनाभन्दा बढी स्वतन्त्र युवा सहभागी थिए । जसमा गैरदलित समुदायका युवाले पनि साथ दिएका थिए ।

मान्छेलाई मान्छेसरह व्यवहार गर, जातीय विभेदको संरक्षण गर्ने सरकारका बहालवाला मन्त्रीलाई बर्खास्त गर, जातीय राज्य व्यवस्थाको अन्त्य गर, रुपालाई न्याय देउलगायत नारा लेखिएको पम्पेल्ट राखिएको थियो । आँखामा कालोपट्टि बाँधेर राज्य सत्ताविरुद्ध सांकेतिक विरोध गरिएको थियो ।

रुपा अन्यायको विरुद्धमा लडिरहेकी प्रतिनिधि पात्र भएको बताउँदै उनले न्याय नपाउँदासम्म विरोध गरिरहने प्रदर्शनमा सहभागी पत्रकार शोभाकर विश्वकर्माले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals , Dalit Organizations
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments