Incident Reports

जातीय विभेदविरुद्ध गोरखामा प्रदर्शन- गण्डकी - कान्तिपुर समाचार

2021-06-27

Gandaki, Gorkha, Gorkha

गोरखा — जातीय भेदभाव तथा छुवाछुतविरुद्ध गोरखामा युवाहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । मानव–मानवबीचको जातीय विभेदकारी घटनाका दोषीलाई कानुनी कारबाही गरी पीडितको आत्मसम्मानको रक्षा र न्यायको पक्षमा उभिन माग गर्दै आइतबार सदरमुकाममा संयुक्त सचेत दलित संघर्ष समितिले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीले ‘जातीय भेदभाव, छुवाछुत र कसुर सजाय ऐन अक्षरस पालना गर, शब्द र बोलीमा होइन व्यवहारमा लागू गर, समाज बदल्न आफ्नो घरबाट सुरु गरौं, मेरो लडाइँ छुवाछुत विरुद्धको हो, आवाज उठाऊ युवाहरु, हामी नबोले को बोल्ने, उठ युवा जाग अब जातीय विभेद अन्त्य गरौँ, दलित समुदायप्रति भेदभाव बन्द गर, मानव भएर आखिर कहिलेसम्म मानव हुनलाई नै संघर्ष गर्नुपर्ने’ लगायतका प्लेडकार्ड बोकेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people N
Actor 1 - Affiliations Dalit Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments