Incident Reports

चोरीको आरोपमा किशोरमाथि प्रहरीद्वारा निर्घात कुटपिट, अस्पताल भर्ना

2021-06-25

Madhes, Dhanusha, Sahidnagar, Ward 3

जनकपुरधाम : धनुषामा एक बालकलाई चोरीको आरोपमा प्रहरीले कस्टडीमा राखेर निर्घात कुटपिट गरेको छ। कुटपिटबाट घाइते बालकको उपचार अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ।यसरी कुटपिटबाट घाइते भएको बालक धनुषाको शहिदनगर नगरपालिका-४ ननुपट्टी बस्ने १५ वर्षीय रविशंकर कुमार पण्डित रहेका छन्।प्रहरीको कुटाइबाट घाइते बालक अर्धचेतन अवस्थामा पुगेपछि शनिबार साँझ ७ बजे मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराइएको किशोरका काका बिन्देश्वर पण्डितले जानकारी दिए।

किशोरका काका बिन्देश्वरले भने, ‘जसको घरमा चोरी भएको छ, उसको घरमा मेरो भतिजो सधैँ दूध पुर्‍याउन जाने गर्थ्यो। शनिबार पनि गयो र सधै झैं दूध पुर्‍याएर आयो। तर पछि १२ बजे तिर प्रहरीले बोलाएर चौकीमा लगेर सोधपुछ गर्नुको साटो पाइपले कुटपिट गरे।’बालक रविशंकरले चोरी भएको मनिष गुप्ताको घरमा आफु दूध पुर्‍याउन सधैँ जाने गरेको तर आफूले चोरी नगरेको बताए पनि प्रहरीले पाइपले धेरै कुटेको बताए। बालकको दुवै पैताला, हातको औंला, खुट्टाको औला सुन्निएको र खुट्टाको तिघ्रामा पाइपको निलडाम बसेको छ।

यता बालकका पिता शत्रुधन पण्डितले घरमा कोही नभएको बेला बोलाएर आफ्नो नाबालक छोरोलाई प्रहरी चौकीमा लगेर पिट्नु ठूलो अन्याय गरेको बताए। उनले भने, ‘सोधपुछ गर्नुपर्थ्यो। गर्‍यो तर मेरो छोरालाई बेहोस् हुने गरी नदेखिने ठाउँमा पाइपले पिटेको छ।’गत शुक्रबार राति शहिदनगर-३ यदुकूहा स्थित मनिष गुप्ताको घरमा चोरी भएको थियो। इलाका प्रहरी कार्यालयको झण्डै सय मिटर दूरीमा रहेको स्थानमा चोरी भएको प्रहरी निरीक्षक संवित भण्डारीले जानकारी दिए।उनले चोरी भएको घरको सिसिटिभी फुटेजका आधारमा सोधपुछ गरिए पनि किशोरमाथि कसैले कुटपिट नगरेको बताए।प्रहरी कार्यालयबाट अभिभावकले बुझेर लादा कुटपिट भएको थिएन तर घर लैजाँदा लैजादै कसरी कुटपिट भयो भन्नेमा आफूलाई थाहा नरहेको उनको कथन छ।

....

बालक यातना प्रकरण : पीडित पक्षद्वारा मानव अधिकार आयोगमा उजूरी

जनकपुरधाम : चोरीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर यातना दिएका धनुषाको शहीदनगर नगरपालिका–४ ननुपट्टी बस्ने १५ वर्षीय बालक रविशंकर कुमार पण्डितका परिवारले न्यायका लागि राष्ट्रिय मानव अधिकार आयोगमा उजूरीमा दिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons Blunt weapon
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments