Incident Reports

महानगरको जग्गामा हाम्रो टिम नेपालले बनाएको टहरा हटाउँदा अवरोध गर्ने २३ जना पक्राउ

2021-06-28

Bagmati, Kathmandu, Kathmandu, Ward 11

सोमबार, असार १४, २०७८, १६:५८

काठमाडौं- हाम्रो टिम नेपाल अभियानका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। लकडाउन तथा निषेधाज्ञामा मजदुर एवं विपन्नहरूलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालका २३ जना सदस्यलाई सोमबार बबरमहलबाट प्रहरीले पक्राउ गरेको हो।लकडाउनको समयमा महानगरपालिकाको खाली जग्गामा टहरा बनाएर मजदुर र विपन्नलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले बनाएको टहरा महानगरले हटाउन लाग्दा अवरोध गरिएपछि पक्राउ गरिएको काठमाडौंका एसएसपी अशोक सिंहले बताए।

महानगरले पार्क बनाउन टहरा हटाउन लाग्दा अवरोध गरेको भनेर प्रहरीलाई खबर आएपछि अवरोध गर्ने २३ जनालाई पक्राउ गरिएको एसएसपी सिंहले बताए।पक्राउ परेका सबै जनालाई पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 23
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments