Incident Reports

बालकक्षा शिक्षकको तलब नबढाएको भन्दै शिक्षक महासंघद्वारा भद्रपुर नगरपालिकामा धर्ना

2021-06-29

Province 1, Jhapa, Bhadrapur

असार १५, २०७८ मा प्रकाशित, झापा – बालकक्षा शिक्षक तथा कार्यालय सहयोगीलाई संघीय सरकारले तोकेको तलब सुविधा नछुट्याएको भन्दै झापाको नेपाल शिक्षक महासंघले भद्रपुर नगरपालिका कार्यालयमा मंगलबारदेखि धर्ना दिएको छ।

नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा बालकक्षा शिक्षक तथा कार्यालय सहयोगीलाई दिइने तलबभन्दा धेरै न्यून छुट्याएको भन्दै नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिले केही दिन अघि नगरपालिकामा ज्ञापन पत्र बुझाएको थियो। तर नगरपालिकाले आफ्ना मागको सुनुवाइ नगरेको भन्दै महासंघ आन्दोलित बनेको हो।

महासंघ भद्रपुर अध्यक्ष गणेश गिरीको नेतृत्वमा नगरका क्रियाशील ६ वटा पेशागत संगठनका प्रतिनिधिसहितको टोलीले आइतबार नगरपालिका गएर उपप्रमुख चन्द्रमाया श्रेष्ठलाई दुई बुँदे आन्दोलनका कार्यक्रमसहित ज्ञापन पत्र बुझाएका थिए।

महासंघले मंगलबारदेखि असार १८ गतेसम्म नगरपालिका कार्यालयमा दैनिक दुई/दई घण्टा धर्ना दिने जनाएको छ। त्यति गर्दा पनि माग पूरा नभए थप आन्दोलनका कार्यक्रम ल्याइने महासंघले चेतावनी दिएको छ।

नगर उपप्रमुख श्रेष्ठले नगरपालिकाले विभिन्न शीर्षकवाट प्राप्त हुने कर समयमा प्राप्त हुन नसकेकोले साढे ६ करोड रुपैयाँ घाटा बजेट रहेको बताउँदै मागप्रति छलफल गरेर वार्ताबाट समस्याको समाधान निकालिने बताएकी थिइन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments