Incident Reports

रौतहटको वृन्दावनमा स्थानीय र प्रहरीबीच झडप | Ratopati

2021-06-29

Madhes, Rautahat, Brindaban

रौतहटको वृन्दावनमा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा परेर केही स्थानीय र केहि प्रहरी समान्य घाइते भएका छन् । स्थानीय महिलाहरुले वृन्दावन नगरपालिकाको गेटमा धर्ना दिएपछि प्रहरीले भीड हटाउने क्रममा झडप भएको हो ।  झडपको क्रममा  प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले आधा दर्जन सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिबिक्रिम शाहले जानकारी दिए ।  नगरपालिकामा महिलाको शीर्षकमा आउने रकम अनियमितता भएको भन्दै पछिल्लो तीन दिनदेखि स्थानीय महिलाहरु नगरपालिकाको मुलगेटमा धर्ना बसेका थिए ।नगर प्रमुख रामसनेही यादवले महिलाको शीर्षकमा आउने रकम प्रत्येक वडामा दामासायीले वितरण गर्दै आएको बताए ।   उता महिला नेतृ प्रभा सिंहले महिलाको हक अधिकारको निमित्त आउने रकम अनियमितता भएको दाबी गरिन् ।

....

रौतहटको वृन्दावन नगरपालिकाको विश्रामपुरमा झडप भएको छ। प्रत्येक वडामा १५ लाख रुपैयाँको दरले महिला र प्रत्येक वडामा १५ लाखको दरले दलितको लागि बजेट विनियोजन गर्नुपर्ने तथा नगरपालिकाका प्रत्येक परिवारलाई एक सेट सिलिन्डरसहित ग्याँस चुलोको सम्पूर्ण सामग्रीको माग राख्दै आन्दोलन गरिरहेको पक्ष र प्रहरीबीच मंगलबार साँझ झडप भएको हो।महिला अधिकारकर्मी बताउने प्रभा सिंहको नेतृत्वमा महिला तथा दलितहरु गत आइतबारदेखि नै नगरपालिकाका कार्यालय अगाडि महिला र दलितको लागि बजेटको माग राख्दै निःशुल्क ग्याँस सिलिन्डरसमेतको माग राखेर आन्दोलन गरिरहेकोमा नगरपालिकाको काम कारबाही प्रभावित हुँदै आएको थियो।

नगर प्रमुख राम सिनेही यादवले कसैले अनधिकृत रुपमा मानिसलाई उचालेर नगरपालिकाको विरुद्धमा नाराबाजी गर्दै करोडौँ रुपैयाँ माग गर्दैमा रकम दिन नसकिने बरु नपाले विधि र प्रक्रिया पुर्‍याएर सबैको अधिकार र सुविधाको लागि काम गर्ने बताउँदै आएका थिए। नगर प्रमुखले आन्दोलनरत पक्षलाई वार्ताको लागि आह्वान गरे पनि हाकाहाकी माग पूरा हुनुपर्ने आन्दोलनरत पक्षले बताउँदै नगरपालिकाको दैनिक कामकाज पूर्ण रुपमा अवरुद्ध पारेका थिए।

मंगलबार साँझ प्रहरीले आन्दोलनकारीलाई हटाउन खोज्दा झडप भएको हो। झडपको क्रममा आन्दोलनकारीले प्रहरीको ना १ ग ५०१ नम्बरको मिनी ट्रकमा तोडफोड गरेका छन् भने प्रहरी चौकी विश्रामपुरलाई चारैतिरबाट घेरा हाली ढुंगामुढा प्रहार गरेका छन्। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ७ राउन्ड अश्रु ग्याँस प्रहार गरेको छ।

यसैबीच स्थानीयलाई उचालेर आन्दोलन गर्न लगाउने प्रभा सिंह प्रहरीले नियन्त्रणमा लिएको छ। सिंहलाई नियन्त्रणमा लिएपछि लिएपछि आन्दो

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Secondary Form Intervention at Protest
Weapons Other
Primary Cause Issues related to corruption (other than tenders)
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured n/a
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments