Incident Reports

स्थानीय महिलाहरुले वृन्दावन नगरपालिकाको गेटमा धर्ना

2021-06-27

Madhes, Rautahat, Brindaban

महिला अधिकारकर्मी बताउने प्रभा सिंहको नेतृत्वमा महिला तथा दलितहरु गत आइतबारदेखि नै नगरपालिकाका कार्यालय अगाडि महिला र दलितको लागि बजेटको माग राख्दै निःशुल्क ग्याँस सिलिन्डरसमेतको माग राखेर आन्दोलन गरिरहेकोमा नगरपालिकाको काम कारबाही प्रभावित हुँदै आएको थियो।

नगर प्रमुख राम सिनेही यादवले कसैले अनधिकृत रुपमा मानिसलाई उचालेर नगरपालिकाको विरुद्धमा नाराबाजी गर्दै करोडौँ रुपैयाँ माग गर्दैमा रकम दिन नसकिने बरु नपाले विधि र प्रक्रिया पुर्‍याएर सबैको अधिकार र सुविधाको लागि काम गर्ने बताउँदै आएका थिए। नगर प्रमुखले आन्दोलनरत पक्षलाई वार्ताको लागि आह्वान गरे पनि हाकाहाकी माग पूरा हुनुपर्ने आन्दोलनरत पक्षले बताउँदै नगरपालिकाको दैनिक कामकाज पूर्ण रुपमा अवरुद्ध पारेका थिए। नगरपालिकामा महिलाको शीर्षकमा आउने रकम अनियमितता भएको भन्दै पछिल्लो तीन दिनदेखि स्थानीय महिलाहरु नगरपालिकाको मुलगेटमा धर्ना बसेका थिए ।नगर प्रमुख रामसनेही यादवले महिलाको शीर्षकमा आउने रकम प्रत्येक वडामा दामासायीले वितरण गर्दै आएको बताए । उता महिला नेतृ प्रभा सिंहले महिलाको हक अधिकारको निमित्त आउने रकम अनियमितता भएको दाबी गरिन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals , Dalit
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments