Incident Reports

सामाजिक सुरक्षा कोषमा सामेल भए सेवा सुविधामा कटौति हुने भन्दै विरोध

2021-06-30

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ – सामाजिक सुरक्षा कोषमा अनिवार्य रुपमा सामेल हुँदा बैंक तथा वित्तिय संस्थाहरु र बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले पाउँदै आएको सेवा सुविधामा कटौति हुने भन्दै विरोध भएको छ।

सोही क्रममा बुधबार काठमाडौँको न्यूरोड स्थित सिद्धार्थ बैंकका कर्मचारीहरुले विरोध प्रदर्शन गरेका हुन्। सरकारले २०७५ सालको मंसिर ११ मा औपचारिक तथा अनौपचारिक, निजी क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराई उनीहरुको आर्थिक र सामाजिक जोखिम न्यूनिकरण गर्ने उद्देश्यसहित योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको थियो।

तर आफूहरुलाई सो योजनामा समावेश गराउँदा आफूहरुले विगतमा सामूहिक सौदाबाजीबाट प्राप्त गरेको सेवा सुविधाबाट विमुख हुनु पर्ने अवस्था आएको भन्दै विभिन्न वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुले विरोध गरेका हुन्।

उनीहरुले भनेका छन्, ‘सामाजिक सुरक्षा कोषको विद्यमान ऐन, नियमावली र कार्यविधिमा व्यवस्था भएका योजना र शर्त बमोजिम बैंक तथगा विध्यि संस्था र बीमा कम्पतीहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा यस क्षेत्रमा कार्यरत कर्मचारीले विगत तीन दशकदेखि सामूहिक सौदाबाजी गरि प्राप्त गरेका सेवा सुविधाहरुबाट विमुख हुनुपर्ने अवस्था सिर्जना भएको छ।’

उनीहरुले योजनाको व्यवस्थामा संशोधन गरिनु पर्ने माग गरेका हुन्।

असार १६, २०७८ मा प्रकाशित


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments