Incident Reports

शिक्षक–विद्यार्थीलाई कोरोना खोप दिलाउन माग राखी धर्ना

2021-07-02

अर्घाखाँची — विभिन्न ३४ सूत्रीय माग राख्दै नेपाल शिक्षक महासंघको आयोजनामा गुल्मी १२ र अर्घाखाँचीका ६ स्थानीय तहमा शिक्षकले ३ घण्टा धर्ना दिएका छन् । आन्दोलनमा विभिन्न पेसागत संघसंगठनले ऐक्यबद्धता जनाएका छन् । संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षक/विद्यार्थीलाई खोपको व्यवस्था गर्नुपर्नेलगायत माग उनीहरूले राखेका छन् ।विद्यालयमा सयौंको संख्यामा विद्यार्थी र शिक्षक सहभागी हुँदा कोरोना संक्रमण फैलिने डर भएकाले स्कुल सञ्चालन गर्नुपूर्व कोभिडविरुद्धको खोप अनिवार्य लगाउनुपर्ने एकीकृत अखिल नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष मानबहादुर पाण्डेले बताए ।

उनीहरूले शिक्षकको बढुवा हुनुपर्ने, कर्मचारी तथा बालविकास सहयोगीको तलब वृद्धि गर्नुपर्ने, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि राखेका छन् ।

संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा बालविकासका शिक्षक/सहयोगीको मासिक तलब १५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेका थिए । तर तलबमा थप्नुपर्ने रकम नगरपालिका र गाउँपालिकाले बजेटमा विनियोजन गरेका छैनन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments