Incident Reports

तलब नपाएपछि गाउँपालिकामा शिक्षकको तालाबन्दी | Radio Nepal | रेडियो नेपाल

2021-07-02

Sudurpashchim, Achham, Ramaroshan

अछाम । अछामको रामारोशन गाउँपालिकामा तलब नपाएका शिक्षकहरूद्वारा तालाबन्दी गरिएको छ ।बाल शिक्षक संर्घष समिति रामारोशन गाउँपालिकाको नेतृत्वमा गाउँपालिकाका कार्यालय र शिक्षा विकास शाखामा ताला लगाइएको हो ।बाल विकास केन्द्रमा अध्यापन गराउने शिक्षकहरूले पाउने तलब गाउँपालिकाले नदिने भनेपछि गाउँपालिकामा ताला लगाइएको बाल शिक्षक संर्घष समितिका अध्यक्ष ललिता खत्रीले जानकारी दिनुभयो ।

बाल विकास केन्द्रका शिक्षकलाई पालिकाले ७ हजार तलब दिनु पर्ने केन्द्र सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । तर रामारोशन गाउँपालिकाले भने रकम नभएको भन्दै बाल विकास केन्द्रमा अध्यापन गराइरहेका शिक्षकलाई तलब नदिने बताइरहेको छ ।

लगातारको माग र छलफलपछि पनि गाउँपालिकाले दिनु पर्ने तलब नदिएपछि बाध्य भएर तालाबन्दी गरिएको बाल शिक्षक संर्घष समितिका अध्यक्ष खत्रीले बताउनुभयो ।

यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले गाउँपालिका चरम आर्थिक सङ्कटमा रहेकाले तत्काल शिक्षकको समस्या समाधान गर्न नसकिने बताउनुभयो ।

गाउँपालिकाका विकास निर्माणका योजनामा समेत भुक्तानी गर्न बाँकी रहेको र विषयगत शाखा सञ्चालनमा पनि आर्थिक अभाव भइरहेकाले उनीहरूको माग सम्बोधन गर्न गाउँ सभा र आफूहरू गम्भीर रहेको प्रतिक्रिया दिनुभयो ।

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)द्वारा यो समाचार पोर्टल सञ्चालन गरिएको हो।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments