Incident Reports

सरकारले ताकेको पारिश्रमिक पाउनु पर्ने माग गर्दै बाल बिकास केन्द्रका सहजकर्ता आन्दोलित

2021-07-02

Lumbini, Kapilbastu, Kapilbastu

सरकारले बजेट बक्तब्य मार्फत ताकेको पारिश्रमिक पाउनु पर्ने माग गर्दै कपिलवसतु नगरपालिका भित्र रहेका बाल बिकास केन्द्रका सहजकर्ता शिक्षकहरु आन्दोलित भएका छन्।

सरकारले तोके अनुसार कै मासिक १५ हजार पारिश्रमिक पाउनु पर्ने भन्दै उनीहरुले शुक्रबार तौलिहवास्थित नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन्। सरकारले ८ हजार दिने र बाँकी ७ हजार स्थानीय पालिकाले दिने गरी अर्थ मन्त्री बिष्णु पौडेलले सहजकर्ताको तलब १५ हजार तोकेका थिए। तर नगरपालिकाले ४ हजार मात्र थप गरेपछि नगर क्षेत्रका सहजकर्ताको पारिश्रमिक १२ हजार मात्र भएको छ।

सरकारले तोके अनुसारको पारिश्रमिक पाउनु पर्ने भन्दै आफूहरु नगरपालिकामा धर्नामा आएको अगुवा सहजकर्ता शारदा पराजुलीले बताइन्। सरकारले तोकेको कुरा नगरपालिकाले पनि दिनु पर्ने आफूहरुको माग रहेको उनले बताइन्। ‘हामी आफ्नो हक अधिकार पाउनका लागि आन्दोलनमा उत्रेका हौ,’ उनले भनिन्।

उनले नगरपालिकाले आफूहरुको माग सम्बोधन गर्नेमा आशावादी रहेको पनि बताइन्। यस बिषयमा मेयर किरण सिंह र नगर शिक्षा फाँटका प्रमुख हरिप्रसाद ज्ञवालीलाई समेत ध्यानाकर्षण गराइएको थियो। प्रमुख ज्ञवालीले आफूले सहजकर्ताको पारिश्रमिक ७ हजार नै थप्न आग्रह गरेको बताए। उनले जनप्रतिनिधिहरुले मात्र ४ हजार बढाएको जनाए। हाल जिल्लामा समुदाय र विद्यालय केन्द्रित गरी नगरमा ९३ जना सहकर्ताहरु छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments