Incident Reports

फोटोपत्रकार राईमाथि आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न पिजे क्लबको आग्रह- समाचार - कान्तिपुर समाचार

2021-07-04

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ — विपक्षी गठबन्धनको विद्यार्थी संगठनको प्रदर्शनमा तस्बिर संकलनमा गएका फोटोपत्रकार निमेषजंग राईमाथि लाठी प्रहार गर्ने प्रहरीमाथि छानिबिन गरी कारबाही गर्न फोटो पत्रकार क्लब (पिजे क्लब)ले आग्रह गरेकाे छ ।

पाँच दलीय विपक्षी गठबन्धनको विद्यार्थी संगठनले शनिबार काठमाडौंको मिनभवनमा गरेको प्रदर्शनमा तस्बिर संकलनका लागि गएका नेपाल लाइभ अनलाइनका फोटोपत्रकार निमेषजंग राई घाइते भएका छन् । उनको घुँडामा चोट लागेको छ ।

राईमाथि प्रहरीले नियोजित ढंगले लाठी प्रहार भएको पिजे क्लबले एक विज्ञप्तिमार्फत् जनाएको छ । प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच भएको धरपकडका कारण लड्न पुगेका राईमाथि पत्रकार भएको थाहा पाउँदापाउँदै पनि बल प्रयोग गरेको क्लबले जनाएको छ ।

क्लबले तस्बिर संकलन तथा सम्प्रेषण गरिरहेको फोटोपत्रकारहरुलाई पटकपटक नियोजित रुपमै राज्यको प्रहरीबाटै भएको आक्रमण प्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

आफनो पेशागत धर्म र कर्तव्य निर्वाह गरिररहेका राईमाथि आक्रमण गर्ने प्रहरीमाथि छानिबिन गरी कारबाही गर्न, पटकपटक फोटोपत्रकारहरुलाई लक्षित गरी गरिने यस किसिमका आक्रमण रोक्न, आफ्ना माताहतका निकायलाई सजक गराउन नेपाल प्रहरीको नेतृत्वलाई क्लबले अनुरोध गरेको छ ।

संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामा शान्तिपूर्ण विरोध गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार रहेको स्मरण गराउँदै चौथो अंगको रुपमा मानिएको संचार क्षेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषणको सहज वातावरण बनाउन र संचारकर्मी माथि हस्तक्षेप नगर्न सुरक्षा निकायसहित नेपाल सरकारलाई क्लबले आग्रह पनि गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Attack on HRD
Weapons Blunt weapon
Primary Cause Freedom of Expression
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people N
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments