Incident Reports

पत्रकारहरुमाथि प्यारागन स्कुलले गर्‍यो आक्रमण

2021-07-06

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ- समाचार संकलनका क्रममा एभिन्युज टेलिभिजन र प्राइम टेलिभिजनमा कार्यरत पत्रकारमाथि पिंगलास्थानस्थित प्यारागन पब्लिक स्कुलको व्यवस्थापनबाट भएको आक्रमण र सञ्चार सामग्री तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्यारागन स्कुलले लकडाउनको अवस्थामा पनि विद्यार्थीबाट मनोमानी हिसाबले शुल्क लिन खोजेपछि सोको विरोधमा अभिभावकहरु आन्दोलनमा छन्।

सोही विषयमा सोमबार बिहान ११ः३० बजे समाचार संकलनका लागि स्कुल पुगेका एभिन्यूज टेलिभिजनका पत्रकार सरोज पौडेल, सुरेश रजक र शीतल रिजाल तथा प्राइम टेलिभिजनका दीपक अर्याल र सुन्दरबहादुर गुरुङमाथि स्कुल प्रशासनमा कार्यरत साहिर उदिन भन्ने व्यक्तिले आक्रमण गर्नुका साथै दुवै टेलिभिजनको क्यामेरा र बुममा क्षति पुर्‍याइएको पीडित पत्रकारहरुले महासंघमा जानकारी गराएका छन्।

नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटिरहेका पत्रकारमाथि भएको आक्रमण र सञ्चार सामग्री तोडफोडको घटनाले पत्रकारको संवैधानिक अधिकार र स्वतन्त्रतामा हस्तक्षेप भएको महासंघको ठहर छ। घटनामा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन र क्षति पुगेका सञ्चार सामग्रीको क्षतिपूर्ति दिलाउन सम्बन्धित निकायसँग माग गर्दै महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न स्कुल प्रशासनको पनि गम्भीर ध्यानाकर्षण गराएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Unclear
Primary Cause Freedom of Expression
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments