Incident Reports

सोलु करिडोर निर्माणमा स्थानीयको अवरोध;कटारी नगरपालिकाको कार्यालयमा तालाबन्दी

2021-07-08

Province 1, Udayapur, Katari

उदयपुर — सोलु करिडोरले दिने मुआब्जा चित बुझ्दो नभएको भन्दै स्थानीयले बिहीबार दिउँसोदेखि कटारी नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।सोलु करिडोर विद्युत् प्रसारण लाइन विस्तार हुने क्षेत्रमा पर्ने ऐलानी र नम्बर दुवै जग्गाको मुआब्जा नगरपालिकाले सिफारिस गरेअनुसारकै हुनुपर्ने मागसहित नगरको कार्यालयमा ताला लगाइएको हो । सोलु करिडोर विद्युत् प्रसारण लाइन विस्तार हुने कटारी नगरपालिका–४ मरुवाका स्थानीयले प्रसारण लाइनको रुट नै परिवर्तन गर्नुपर्ने र रुट परिर्वतन नहुँदा नगरपालिकाले सिफारिस गरेबमोजिम क्षतिपूर्ति पाउनु पर्ने माग राखेका छन् । नगरपालिकाको प्रतिकठ्ठा ५० लाख रुपैयाँका दरले मुआब्जा सिफारिस गरेको छ ।

स्थानीयले प्रसारण लाइन विस्तरमा अवरोध गरेपछि मन्त्रिपरिषद्ले ऐलानी जग्गाको समेत मुआब्जा दिने निर्णय गरेको छ । तर मरुवा क्षेत्रका स्थानीयले नमानेपछि दुई दिनयता स्थानीय प्रशासनले बल प्रयोग गरेर भए पनि काम अगाडि बढाउने प्रयास गरिरहेको छ । अवरोध भएको काम अगाडि बढाउन स्थानीय प्रशासनले त्यस क्षेत्रमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरेको छ ।

मन्त्रिपरिषद्ले गत मंसिर २५ गते सोलु करिडोरअन्तर्गत कटारीको नगरपालिका खण्डमा पर्ने ऐलानी जग्गाको मुआब्जा दिने निर्णय गरेको छ । तर मन्त्रिपरिषद्को निर्णयपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले निर्धारण गरेको मुआव्जा ऐलानी र नम्बरी जग्गाको फरक–फरक भएको तालाबन्दी गर्नेमध्येका स्थानीय घमण्डबहादुर खत्रीले बताए । उनका अनुसार पहिलो त प्रसारण लाइनको रुट परिर्वतन हुन पर्ने, त्यसो नभए नगरपालिकाले सिफारिसबमोजिम मुआब्जा ऐलानी र नम्बरी दुवैले एकै समयमा पाउनु पर्ने माग छ ।

पछिल्लो पटक निर्धारण गरिएको मुआब्जामा ऐलानी जग्गा प्रतिकठ्ठा १९ लाख ९५ हजार छ भने नम्बर जग्गामा त्यो भन्दा कम कायम गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of public land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments