Incident Reports

मूल्यवृद्धिको विरोध गर्दै काभ्रेमा विद्यार्थी संगठनले पेट्रोल पम्प बन्द गरे

2021-07-14

काभ्रेः : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै आन्दोलनमा उत्रिएका संयुक्त विद्यार्थी संगठनले काभ्रेमा पेट्रोल पम्पहरू बन्द गरेका छन्।बुधबार नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीका बाबुराम–उपेन्द्रपक्ष निकट विद्यार्थी संगठनले जिल्लाको बनेपा, धुलिखेल, पनौतीलगायत क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरू बन्द गरेका हुन्।

नेविसंघ काभ्रेका अध्यक्ष नृर्पेश बादेका अनुसार बुधबार बिहानैदेखि संयुक्त विद्यार्थी संगठनले जिल्लाका श्री चण्डेश्वरी आयाल स्टोर, नारायण आयाल स्टोर, चण्डी विनायक आयाल स्टोर, के सगरमाथा आयाल स्टोर लगायत पेट्रोलपम्पहरू बन्द गरिएका छन्।

अनेरास्ववियू (क्रान्तिकारी) काभ्रेका उपाध्यक्ष विजय लामाले जनताको ढाड सेक्नेगरी भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै पेट्रोल पम्प बन्द गरेको बताए।

त्यस्तै, क्रान्तिकारीका अर्का उपाध्यक्ष निरेश तामाङले आयल निगमका भ्रष्टाचारीहरूले विभिन्न बहानामा गरेको मूल्यवृद्धिका कारण जनतामा परेको असरलाई मध्यनजर गर्दै देशव्यापी बन्द गर्ने केन्द्रको अभियानअन्तर्गत रहेर जिल्लाका संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोल पम्पहरू बन्द गरिएको बताए।

विद्यार्थी संगठनले बन्द अवधिभर अवज्ञा गरेर पम्प सञ्चालन गरेको पाएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी व्यवसायी र एसोसिएसन नै हुने चेतावनी दिएका छन्।

नेविसंघका अध्यक्ष बादे, अखिल (क्रान्तिकारी)का उपाध्यक्षद्वय लामा र तामाङसँगै समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपक तोलङ्गेलगायत विद्यार्थी नेता तथा कार्यकर्ताले पेट्रोल पम्पमै पुगेर बन्द गरेका थिए।

यसअघि मंगलबार पाँच विद्यार्थी संठगनको केन्द्रीय समितिले संयुक्त रुपमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन र ढुवानी व्यवसायी महासंघलाई ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोल पम्प र ढुवानीमा प्रयोग हुने ट्यांकर बन्द गर्न देशभरका जिल्ला संगठनहरूमा सर्कुलर जारी गरेको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , UML and affiliated org , CPN (Maoist Center) and affiliated org , Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments