Incident Reports

पत्रकार बुढाथोकीलाई धम्की दिने कोकाकोलालाई कारबाही गर्न महासंघको माग

2021-07-17

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ – नेपाल पत्रकार महासंघका सदस्य तथा लुम्बिनी सञ्चार डटकमका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीविरुद्ध कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपालको व्यवस्थापनको तर्फबाट नाम तोकेर छानबिन गर्न र तह लगाउन निर्देशन दिँदै माइन्युट गराएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बोटलर्स नेपालको ७३ प्रतिशत सेयर नेपाललाई थाहै नदिई नेपाल बाहिरै किनबेच गरिएको सन्दर्भमा २०७७ मंसिरदेखि राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको विषयमा पत्रकार बुढाथोकीले फलोअपसहित समाचार लेखेपछि बोटलर्स नेपालको व्यवस्थापनले ट्रेड युनियनका प्रतिनिधिलाई धम्की दिई पत्रकार बढाथोकीको नामै तोकेर बैठकमा तह लगाउन ट्रेड युनियनका केही पदाधिकारीलाई निर्देशन दिएर माइन्युट गराएको थियो।

साथै, केही दिनयता नचिनेको नम्बरबाट फोन गरी ज्यानलाई असुरक्षित हुने किसिमका धम्की आएकाले ज्यानको असुरक्षा भएको पत्रकार बुढाथोकीले महासंघलाई जानकारी गराएका छन्।

‘प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकार बुढाथोकीका विषयमा यस किसिमको निर्णय र निर्देशन गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको काम हो,’ पत्रकार महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस्ता हर्कतले पत्रकारको सुरक्षालाई थप चुनौतीपूर्ण बनाएको महासंघको ठहर छ।

महासंघ घटनाको छानबिन गरी पत्रकारलाई असुरक्षित बनाउने र पत्रकारविरुद्धमा यस्ता निर्णय र निर्देशन गर्ने बोटलर्स नेपालको व्यवस्थापनमाथि कानुनी कारबाही गर्न सम्बन्धित पक्षसँग महासंघले माग गरेको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments