Incident Reports

चिकित्सकमाथि कुटपिटको विरोधमा मेची अस्पतालमा ओपीडी बन्द

2021-07-19

Province 1, Jhapa, Bhadrapur

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरू काम छोडेर आन्दोलित भएका छन् ।एकै पटक ३ सय ५० जना चिकित्सकिहरूले काम छोडेपछि प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

गए राति प्रतिष्ठानका लेखा अधिकृत कमल रायमाझीले मादक पदार्थ सेवन गरी डाक्टर विप्लप कार्कीको आवासमै गएर अभद्र व्यवहार गर्दै तत्काल निवास छाड्न धम्की दिएपछी चिकित्सकहरू आन्दोलित भएका हुन् ।

चिकित्सकहरूले शान्ति सुरक्षा नभएको भन्दै शान्ति सुरक्षाको माग गरेका छन् । आन्दोलनमा उत्रिएका चिकित्सकहरूले आकस्मिक बाहेकका सबै काम बहिस्कार गरेका छन् ।

चिकित्सकले काम बहिस्कार गरेपछि प्रतिष्ठानमा बिरामीले सहज उपचार पाउन सकेका छैनन् । उनीहरूले तत्काल रायमाझीलाई पक्राउ गरी कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालयमा धर्ना दिएर किटानी जाहेरी दिएका छन् ।

प्रतिष्ठानमा यसअघि नै त्यहाँको भ्रष्टाचार, बेथिति र पदाधिकारीको कार्यशैलीको विरोधमा चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी आन्दोलतरत थिए । ३५ दिन लामो आन्दोलन पछि सोमबारबाट त्यहाँ काठमाडौंबाठ गएको ८ सदस्यीय कार्यदलले छानबिन सुरु गरेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments