Incident Reports

जग्गाको विषयमा विवाद, झडपका क्रममा दुई घाइते

2021-07-19

Madhes, Dhanusha, Bateshwor, Ward 3

धनुषाको बटेश्वरमा झडप हुँदा २ जना घाइते भएका छन् । बटेश्वर गाउँपालिका वडा नम्बर ३ मा रहेको जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । गाउँपालिकाले नाप नक्सा गर्दा १९ धूर जग्गाको नक्सा कटाएको पाइएपछि रासलाल र सहदेव दासको परिवारबीच विवाद हुँदै आएको थियो । विवाद उग्र बनेर सोमबार झडप हुन पुगेको हो ।

सो झडपमा श्यामसुन्दर दास र रामनारयण दास घाइते भएको बटेश्वर प्रहरी चौकीले जनाएको छ । श्यामसुन्दरको टाउकोमा चोट लागेको छ भने रामनारायणको कन्चटमा चोट लागेको बटेश्वर प्रहरीले जनाएको छ ।घाइतेहरुको उपचार जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा भईरहेको छ ।

घाइते श्यामसुन्दर दासले जिल्ला प्रहरी कार्यालय धनुषामा बटेश्वर गाउँपालिका सहित ४० वर्षिय रामकमल महतो, ३२ वर्षिय सुरेन्द्र महतो र २७ वर्षिय दिलीप महतोबिरुद्ध जाहेरी समेत दर्ता गराएका छन् ।घटनामा संलग्न रहेको आरोपमा रामकमल र सुरेन्द्रलाई बटेश्वर प्रहरी चौकीले पक्राउ गरेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
National/Online Media

0 Comments

Related Reports