Incident Reports

यातायात व्यवसायीको काठमाण्डौमा विरोध र्‍याली | Ujyaalo Online:: Nepal News, Nepali Samachaar

2021-07-22

Bagmati, Kathmandu, Kathmandu

काठमाण्डाै – खोप र भाडा समायोजन लगायतका माग यातायात व्यवसायीले काठमाण्डौ उपत्यकामा र्‍याली निकालेका छन् ।भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै गाडीसहित उनीहरुले र्याली निकालेका हुन् । इन्धनको भाउ बढे पनि गाडी भाडा समायोजन नगरेको उनीहरुको गुनासो छ । यस्तै, कोरोनाको जोखिमका कारण भएको निषेधाज्ञाले समस्यामा परेका व्यवसायीलाई सरकारले राहतको व्यवस्था नगरेको उनीहरुले बताएका छन् । उनीहरुले गाडीको बिमा छुट, नवीकरण र जरिवाना छुट तथा कोरोना विरुद्धको खोप दिनु पर्ने लगायतका माग राखेका छन् ।

..

काठमाडौं : यातायात व्यवसायीहरुले आज ७ बुँदे माग सहित हड्ताल गर्दा राजधानीको यातायात अव्यवस्थित बन्यो।सार्वजनिक यातायात केन्द्रीय महासंघले कोभिड खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, ४० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि सार्दै सडक अस्तव्यस्त बनाएका हुन्। उनीहरुको गतिविधिका कारण यात्रुहरु अलपत्र परेका छन्। ट्याक्सी, बस तथा ट्याम्पोलाई रिङरोड परिक्रमा गराउने कार्यक्रम भनिए पनि ठाउँठाउँमा महासंघका पदाधिकारीले परिचालन गरेका समूहहरुले जबर्जस्ती बस तथा ट्याक्सी रोक्न लगाएका थिए। उनीहरुले यात्रुहरुलाई अलपत्र पार्दै ती सवारीलाई र्‍यालीमा सहभागी गराएका हुन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments