2021-07-22
काठमाण्डाै – खोप र भाडा समायोजन लगायतका माग यातायात व्यवसायीले काठमाण्डौ उपत्यकामा र्याली निकालेका छन् ।भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै गाडीसहित उनीहरुले र्याली निकालेका हुन् । इन्धनको भाउ बढे पनि गाडी भाडा समायोजन नगरेको उनीहरुको गुनासो छ । यस्तै, कोरोनाको जोखिमका कारण भएको निषेधाज्ञाले समस्यामा परेका व्यवसायीलाई सरकारले राहतको व्यवस्था नगरेको उनीहरुले बताएका छन् । उनीहरुले गाडीको बिमा छुट, नवीकरण र जरिवाना छुट तथा कोरोना विरुद्धको खोप दिनु पर्ने लगायतका माग राखेका छन् ।
..
काठमाडौं : यातायात व्यवसायीहरुले आज ७ बुँदे माग सहित हड्ताल गर्दा राजधानीको यातायात अव्यवस्थित बन्यो।सार्वजनिक यातायात केन्द्रीय महासंघले कोभिड खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, ४० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि सार्दै सडक अस्तव्यस्त बनाएका हुन्। उनीहरुको गतिविधिका कारण यात्रुहरु अलपत्र परेका छन्। ट्याक्सी, बस तथा ट्याम्पोलाई रिङरोड परिक्रमा गराउने कार्यक्रम भनिए पनि ठाउँठाउँमा महासंघका पदाधिकारीले परिचालन गरेका समूहहरुले जबर्जस्ती बस तथा ट्याक्सी रोक्न लगाएका थिए। उनीहरुले यात्रुहरुलाई अलपत्र पार्दै ती सवारीलाई र्यालीमा सहभागी गराएका हुन्।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Other governance issues |
Secondary Cause | Healthcare Management |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Transport entrepreneurs/syndicate |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD