Incident Reports

महेश बस्नेतद्वारा खगेन्द्र संग्रौलालाई ‘तह लगाउने’ धम्की

2021-07-25

काठमाडौं– नेकपा एमाले नेता महेश बस्नेतले लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलालाई धम्की दिएका छन्।आफूलाई बस्नेतले तह लगाउने धम्की दिएको लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत बताएका हुन्। शाही शासनमा सेनाको धम्की झेलेको बताउँदै संग्रौलाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ। अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।’आफूलाई केपी ओलीको आदेशबमोजिम धम्की आएको समेत उनले उल्लेख गरेका छन्। ‘तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला। धन्य ओली सर!,’ उनले लेखेका छन्।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CSO/NGO
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments