Incident Reports

राहतको चामल गोदाममै कुहिएपछि नगरपालिका कार्यालयमा तोडफोड – Online Khabar

2021-07-27

Madhes, Rautahat, Dewahhi Gonahi

१२ साउन, रौतहट । कोरोना महामारीमा विपन्नलाई वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि स्थानीय वासिन्दाले रौतहटको देवाही गोनाही नगरपालिका कार्यालय तोडफोड गरेका छन् ।नगरपालिकाले गरिव, असहाय, दलित समुदायलाई राहत वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि सोमबार राति खाल्डो खनेर पुरेको थियो ।

महामारीका बेला जनता भोकभोकै परेको तर नगरपालिकाले चामल कुहाएर फालेको भन्दै स्थानीयले मंगलबार दिउँसो नगरप्रमुखलाई कार्यालय भित्रै थुनेर ढुङ्गामुढा र तोडफोड गरेका हुन् ।स्थानीय वासिन्दाको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।नगरपालिकाले खरिद गरेको चामल कुहिएपछि अरुले चाल नपाओस् भनेर मेयर धर्मेन्द्र पटेलले रातिको समयमा पुरेको वडा नम्बर ४ का वडाध्यक्ष रामप्रवेश पटेलले आरोप लगाए ।

मेयर पटेलले भने गोदाममा राखेको चार सय बोरा चामलमध्ये २० बोरा चामल पानीले भिजेर कुहिएको बताए । भण्डारण गरिएको संग्रहालयको झ्याल खुलेका कारण पानीले भिजेर चामल कुहिएको र त्यसलाई नष्ट गरेको उनको भनाइ छ ।उनले कोरोना महामारीको समयमा दुई हजार परिवारलाई राहत दिएको र बाँकी रहेको चामल भण्डारण गरेर राखेको बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Other
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments