Incident Reports

पत्रकारमाथि धम्कीपूर्ण दुर्व्यवहार कदापी स्वीकार्य छैनः प्रेस चौतारी नेपाल,मकवानपुर

2021-07-27

Bagmati, Makawanpur, Bagmati

हेटौंडा । प्रेस चौतारी नेपाल,मकवानापुरले बागमती प्रदेश दुग्ध विकास बोर्ड हेटौंडाकी निर्देशक डा. सुलोचना श्रेष्ठले पत्रकारमाथि गरेको अभद्र व्यवहार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै शाखाका संयोजक धर्मेन्द्र दाहाल र सह-संयोजक पुष्पराज अधिकारीले बागमती प्रदेश दुग्ध विकास बोर्डले समाचार संकलनको निम्ती कृषि तथा सहकारी मन्त्रालय पुगेका टिम टेलिभिजन हेटौंडाको पत्रकार सरोज पौडेल र हेटौंडा सन्देश राष्ट्रिय दैनिक पत्रिका र पहिलोपोस्ट डटकममा कार्यरत पत्रकार निशा गुरुङ माथि बोर्डको निर्देशक श्रेष्ठले अभद्र व्यवहार गरेको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘संवैधानिक रुपमा ग्यारेन्टी गरिएको प्रेस स्वतन्त्रता र सुचनाको हक लाई नै चुनौती दिँदै बोर्डका निर्देशक डा. श्रेष्ठले पत्रकारहरुमाथि गरिएको दुव्र्यवहार समग्र मिडिया र पत्रकार माथिको दुव्र्यवहार हो । घटनाको छानविन सहित श्रेष्ठलाई कडा भन्दा कडा कारबाहीका लागि प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसमक्ष जोडदार माग गर्दछौं । आम नागरिकलाई सु-सुचित गराउने कार्यमा संलग्न पत्रकारलाई धम्की दिनु, दुव्र्यवहार गर्नु, मनोबल गिर्ने अभिव्यक्ति दिनु स्वतन्त्र पत्रकारिता गर्न पाउने नैसर्गिक अधिकार माथिको ठाडो हस्तक्षेपका रुपमा प्रेस चौतारी नेपाल मकवानपुरले लिएको छ । अहिलेपनि कोभिड-१९ जोखिम कायम रहेकाबेला ज्यान जोखिममा राखेर पत्रकारीता गरिरहेका पत्रकारहरुलाई धम्कीपूर्ण दुर्व्यवहार गर्नु कदापी स्वीकार गर्न सकिदैन ।’ विज्ञप्तीमा भनिएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Freedom of Expression
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people N
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments