Incident Reports

सप्तरीको कञ्चनरूपमा पहुँचको आधारमा लगाइयो कोरोनाविरुद्धको खोप, दलितलाई उपेक्षा 

2021-07-27

Madhes, Saptari, Kanchanrup, Ward 11

५० वर्षदेखि ५४ वर्ष उमेर समूहलाई पहिलो प्राथमिकतामा, दोस्रोमा विदेश जाने नागरिक, तेस्रोमा लक्षित वर्ग, दलित, अपांग, फ्रन्टलाइनमा काम गर्ने पेसाकर्मीहरूलाई खोप लगाउने निर्देशन भए पनि पहुँचका आधारमा १८ वर्षकै व्यक्तिहरूले खोप लगाएका छन् ।

वडा नम्बर— २ मा दुई सय १५ भाइल भ्याक्सिनमा ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका एक सय ५० जनालाई, २५ जना वैदेशिक रोजगारमा जानेहरूलाई र पाँचजना दलितलाई र विभिन्न उमेर समूहकाले भ्याक्सिन लगाएको स्वास्थ्यकर्मी चन्द्रकिशोर पण्डितले बताए ।

स्वास्थ्य चौकी इन्जार्चकै तथ्यांक आधारमा पनि तीन सय २५ भाइल खोपमा ९२ जना पहुँच र शक्तिको आधारमा खोप लगाइएको पाइएको छ । ‘पहुँच र शक्तिको आधारमा १८ वर्षदेखि ९६ वर्षसम्मकाले भ्याक्सिन लगाएको छ, तर हामी दलित समुदायलाई उपेक्षा गरिएको छ,’ कञ्चनरूप नगरपालिका— ११ का दलित अगुवा रामनारायण सदाले भने, ‘वडा नम्बर— ११ मा पाँच सय २५ दलित घरपरिवार छ । वडाको स्वास्थ्य चौकीमा पुगेर हामी दलित पनि भ्याक्सिन लगाउन पाउनुुपर्छ भन्दा स्वास्थ्यकर्मीहरूले भ्याक्सिन लगाउन मानेनन् ।’

दलितहरूले विरोध गरेपछि मात्र केही दलितलाई भ्याक्सिन लगाउन स्वास्थ्यकर्मी तयार भएको दलित अगुवा सदाले बताए । उनले भने, ‘मंगलबार वडा नम्बर ११ मा ३ सय २५ जनाले खोप लगाउँदा १९ जना मात्रै दलित समुुदायले खोप लगाउन पाए, त्यो पनि दलितहरूले विरोध गरेपछि ।’ दलित अगुवा सदाका अनुसार बुधबार सामूहिक रूपमा दलितहरूले खोप लगाउन स्वास्थ्य चौकी जाँदा स्वास्थ्यकर्मीहरूले प्रहरी बोलाएर दलितहरूलाई प्रवेश निषेध गरेका थिए ।

वडा नम्बर— २ मा दुई सय १५ भाइल भ्याक्सिनमा ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका एक सय ५० जनालाई, २५ जना वैदेशिक रोजगारमा जानेहरूलाई र पाँचजना दलितलाई र विभिन्न उमेर समूहकाले भ्याक्सिन लगाएको स्वास्थ्यकर्मी चन्द्रकिशोर पण्डितले बताए ।


0 Comments