Incident Reports

बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीले नगरपालिका र वडा कार्यालयमा ताला लगाए | Ujyaalo Online:: Nepal News, Nepali Samachaar

2021-07-29

Sudurpashchim, Baitadi, Purchaudi

बैतडी – बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीले बैतडीको पुर्चाैडी नगरपालिका र सबै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाल सरकारले बजेट भाषणमार्फत बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब १५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेको भए पनि नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै तालाबन्दी गरिएको हो ।

नगरपालिका र १० वटै वडा कार्यालयमा तालाबन्दी गरिएको र आफ्ना माग पूरा नहुँदासम्म ताला नखुल्ने लटिनाथ आधारभूत सलेली गाउँमा कार्यरत बाल विकास सहजकर्ता द्रोपती खत्रीले बताउनुभयो । ‘हामी लामो समयदेखि कम तलबमा काम गर्दै आइरहेका छौँ । नेपाल सरकारले बजेट भाषणमार्फत तलब बढाउने घोषणा गरेको छ तर हाम्रो नगरपालिकाले तलब बढाएको छैन । त्यसैले हामीले नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेका हौँ’, उहाँले भन्नुभयो ।

यसअघि विद्यालय कर्मचारी र बाल विकास सहजकर्ताहरूले तलब बढाउनुपर्ने माग गर्दै नगरपालिकामा ज्ञापन पत्र बुझाएको भए पनि सुनुवाइ नभएपछि तालाबन्दी गरिएको खत्रीले बताउनुभयो ।

बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरूले नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेको भए पनि जिम्मेवार प्रतिनिधि नहुँदा छलफलसमेत हुन सकेको छैन ।

नगरपालिकाका मेयर र उपमेयर काठमाण्डौमा छन् भने कार्यालय प्रमुख पनि बाहिर रहेको बताइएको छ । नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेको कुरा जानकारीमा आएको र तत्कालका लागि ताला खोल्न आग्रह गरिएको उपमेयर जानकी ऐर बमले बताउनुभयो ।

विद्यालय कर्मचारी र बाल विकास सहजकर्ताको मागका विषयमा कार्यपालिकाको बैठकमा छलफल गरिने उहाँको भनाइ ५ । उहाँले भन्नुभयो, ‘नगरपालिकाले चालु आर्थिक वर्षमा दुई हजारका दरले बाल विकास सहजकर्ताको तलब बढाउने निर्णय गरेको छ । उनीहरूको माग १५ हजार पुर्याउनुपर्ने भन्ने छ । यो विषयमा छलफल गरेर टुङ्गाेमा पुगिन्छ ।

पुर्चाैडी नगरपालिकामा बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको सङ्ख्या एक सय ५१ छ ।

बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले बैतडीको पुर्चौडी नगरपालिका र सबै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments