Incident Reports

विद्युत प्राधिकरणको विरुद्धमा स्थानीयद्वारा प्रदर्शन | Janakpur Today

2021-07-30

Madhes, Sarlahi, Hariwan

सर्लाहीमा अनियमित विद्युत् कटौती र कम भोल्टेजको समस्याले आजित भएका स्थानीयले हरिवनमा प्रदर्शन गरेका छन् ।हरिवनका युवा व्यवसायी तथा स्थानियले अनियमित विद्युत् कटौतीको विरोधमा पूर्व–पश्चिम राजमार्गमा विद्युत् प्राधिकरणको विरोधमा नाराबाजी गर्दै १५ मिनेट चक्काजाम समेत गरेका थिए ।

सर्लाहीमा केही समयदेखि झ्याप–झ्याप विजुली आउने जाने र बिजुली आएपनि कम भोल्टेजको समस्या देखिएको छ । विद्युत्मा आएको समस्या समाधानमा प्राधिकरणले चासो नदिएकाले बाध्य भएर सडकमा उत्रनुपरेको स्थानीय युवराज भण्डारीले बताए ।

सर्लाहीमा विद्युत् कटौती र कम भोल्टेज आउने समस्याको तत्काल समाधान गर्न माग गर्दै स्थानीयले ईलाका प्रशासन कार्यालय, हरिवन मार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन्। कोभिड महामारीले थलिएको व्यवसाय विद्युत्मा आएको समस्याले थप मारमा परेको भन्दै समस्या समाधान गर्न व्यवसायीहरुले आग्रह गरेका छन्।

प्रर्दशनकारीहरुले विद्युत् कटौतीका कारण व्यवसाय तथा विद्यार्थीहरुको अनलाईन कक्षा समेत प्रभावित भएकाले यसको समाधानमा चासो नदिए प्राधिकरण विरुद्ध आईतबारबाट चरणवद्ध संघर्षमा उत्रने चेताबनी समेत दिएका छन्।

यता, नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले ढल्केवर ग्रीड सवस्टेशनको ३० एमविए पावर ट्रान्सफर्मर बिग्रेको कारण सर्लाहीमा विद्युत आपूर्तिमा समस्या आएको बताए ।ढल्केवर ग्रिड स्टेशनमा समस्या आएपछि हाल सर्लाहीको हरिपुर, बरहथवा र मलंगवा तिनैवटा शव स्टेशनमा रौतहटको चन्द्रनिगाहपुर ग्रिड सवस्टेशनबाट तानिएको ३३ केभि प्रशारण लाईनबाट विद्युत आपूर्ति हुँदै आएको छ। चपुरबाट ल्याईएको प्रशारण लाईनको कन्डक्टर क्षमता भन्दा बढी करेन्ट प्रवाह हुदाँ ओभरलोड भएका कारण विद्युत् आपूर्तिमा समस्या देखिएको वितरण केन्द्र प्रमुख रायले जानकारी दिनुभएको छ। विद्युत्मा आएको समस्याका कारण सर्लाही जिल्लावासी हैरान भएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments