Incident Reports

प्राधिकरणको विरोधमा प्रदर्शन | Janakpur Today

2021-07-31

Madhes, Sarlahi, Lalbandi, Ward 6

सर्लाहीको लालबन्दी नगरपालिकामा वडाध्यक्षको अगुवाईमा स्थानिय प्राधिकरण विरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।जिल्लामा भईरहेको अनियमित विद्युत् कटौती र कम भोल्टेजको समस्याले दिक्क भएका स्थानीयले सर्लाहीको लालबन्दी नगरपालिकामा प्रदर्शन गरेका छन् । लालबन्दी नगरपालिका–६ का वडाध्यक्ष तथा युवा उज्जवल कार्कीको अगुवाईमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीले अनियमित विद्युत् कटौतीको विरोधमा पूर्व–पश्चिम राजमार्ग अन्र्तगत लालबन्दी सडक खण्डमा विद्युत् प्राधिकरणको विरोधमा नाराबाजी गर्दै केहीबेर चक्काजाम समेत गरेका थिए । सर्लाहीमा केही समयदेखि विजुली आउने जाने र आएपनि कम भोल्टेजको समस्या देखिएको छ। विद्युत्मा आएको समस्याका कारण विद्युतीय सामग्री बिग्रिएर हैरान भएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको लालबन्दी–६ का वडाध्यक्ष समेत रहेका युवा उज्जवल कार्कीले जानकारी दिए । लालबन्दीमा रहेको विद्युत् प्राधिकरण मार्फत ज्ञापनपत्र पठाउँदै समस्या समाधानमा प्राधिकरणले चासो नदिए आकस्मिक आन्दोलनमा जान बाध्य हुने स्थानियले चेतावनी दिएका छन् । प्रदर्शनकारीहरुले विद्युत् कटौतीका कारण व्यवसाय तथा विद्यार्थीहरुको अनलाईन कक्षा तथा गर्मीको समयमा जिल्लावासीलाई निकै नै गाह्रो भईरहेको भन्दै समस्या समाधान गर्नेतर्फ ध्यान दिन अनुरोध गरेका छन् ।

यता, नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले विद्युत् आपूर्ति समस्इा समाधान गर्न अझै दुई साता जति लाग्ने बताए । ढल्केवर ग्रीड सवस्टेशनको ३० एमविए पावर ट्रान्सफर्मर बिग्रेको कारण सर्लाहीमा विद्युत आपूर्तिमा समस्या आएको उनले बताए । ढल्केवर ग्रिड शवस्टेशनमा समस्या आएपछि हाल रौतहटको चन्द्रनिगाहपुर ग्रिड सवस्टेशनबाट तानिएको ३३ केभि प्रशारण लाईनबाट जिल्लामा विद्युत आपूर्ति हुँदै आएको छ । चपुरबाट ल्याईएको प्रशारण लाईनको कन्डक्टर क्षमता भन्दा बढी करेन्ट प्रवाह हुदाँ ओभरलोड भएका कारण विद्युत् आपूर्तिमा समस्या देखिएको वितरण केन्द्र प्रमुख रायले जानकारी दिए । विद्युत्मा आएको समस्याका कारण सर्लाही जिल्लावासी हैरान भएका छन् । सर्लाहीमा विद्युत कटौतीविरुद्ध बिहिबार पनि हरिवन नगरपालिकाका युवाहरुले विरोध प्रदर्शन गरेका थिए ।

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments