Incident Reports

थाहा खबर: एसएसबीको 'कर्तुत'विरुद्ध कञ्चनपुरमा मोदीको पुत्ला जलाइयो

2021-08-01

कञ्चनपुर : दार्चुलाका जय सिंह धामीलाई एसएसबीले तुइन काटेर महाकाली नदीमा बेपत्ता बनाएपछि आक्रोशित युवा विद्यार्थीले आइतबार साँझ महेन्दनगरमा ​प्रदर्शन गरेका छन्।सुरक्षाकर्मीको अवरोधलाई छलेर उनीहरूले प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका छन्।एमाले सम्बद्ध अनेरास्ववियुका विद्यार्थी र युवाले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्। उनीहरूले पुत्ला जलाउनअघि प्रधानमन्त्री मोदीविरुद्ध नाराबाजीसमेत गरेका छन्।

प्रहरीले प्रधानमन्त्री मोदीको पुत्ला जलाउन नदिन युवा विद्यार्थीलाई रोक्ने प्रयास गरेको थियो। प्रहरी र विद्यार्थीबीच केही समय पुत्ला खोसाखोससमेत भएको थियो।विद्यार्थी र युवाले प्रहरी अवरोधबीच प्रधानमन्त्री मोदीको पुत्ला जलाएका छन्।

यसअघि शनिबार पश्चिमी सीमा नाका गड्डाचौकीमा तुइन काटेर नेपालीलाई महाकालीमा बेपत्ता बनाउने घटनाविरुद्ध प्रदर्शन गरिएको थियो। भारतीय एसएसबीले तुईन काटेपछि शुक्रबार व्यास गाउँपालिका २ का ३० वर्षिय जय सिह धामी महाकाली नदीमा वेपत्ता भएका थिए। उनको शव अझै भेटिएको छैन।

वैदेशिक रोजगारीका काठमाडौं जान धामी भारतीय भूमि भएर सदरमुकाम खलंगा आउन तुइन चढेका थिए। हतियार सहितका एसएसबीले धामीका आफन्तको गुहारलाई समेत वास्ता नगरी तुइन काटिदिएका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments