Incident Reports

भारतीय दूतावास अगाडि युवा संघको प्रदर्शन – Online Khabar

2021-08-02

Bagmati, Kathmandu, Kathmandu, Ward 26

१८ साउन, काठमाडौं । दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा नेकपा एमाले माधव नेपाल पक्षका युवा संघले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, जयसिंह महराको हत्यारा पहिचान गरी कारबाही गर, नेपालीमाथिको भारतीय एसएसबी ज्‍यादती बन्दर गर, जयसिंह महराको मृत्‍यु होइन, हत्या हो, जयसिंह महराको परिवारलाई राहतको व्‍यवस्था गर ‘ लगायतका प्लेकार्डसहित काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा नेपाली युवक बेपत्ता भएको भन्दै संघले घटनाको छानबिन गरी दोषीलाई हदैसम्म कारबाही गर्न माग गरेका छन् ।उनीहरुले भारतीय दूताबास नजिकै लैनचौरमा प्रदर्शन गर्दै दार्चुला घटनामा भारतको ज्यादती देखिएको भन्दै त्यसलाई बन्द गर्न माग गरेका छन् । साथी जयसिंह धामीको परिवारलाई राहतको व्‍यवस्था गर्न समेत माग गरेका छन् ।

गत शुक्रबार दार्चुलामा तुइन तरेर सदरमुकाम खलंगातिर आउने क्रममा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा ३५ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।भारतले भने एसएसबीले तुइनको डोरी नकाटेको दावी गरेको छ । गृह मन्त्रालयले घटनाको छानबिनका लागि सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments